coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चीन जाने भद्र र रुपसीको बिदाई

चितवन-  चीनलाई उपहार पठाउन लागिएका गैंडा भद्र र रुपसीको जोडीलाई चितवनबाट बिदाई गरिएको छ। असार २८ गते काठमाडौंबाट चीन पठाईने जोडीलाई मंगलबार चितवनबाट काठमाडौं पठाईएको हो। फलामको फ्रेममा फलेक लगाएर बनाईएको खोरमा राखेर ट्रकबाट काठमाडौं पठाईएको छ।

भाले गैंडा भद्रलाई ना ५ ख ७९९६ र पोथी गैंडा रुपसीलाई ना ७ ख १२७० नम्बरको ट्रकमा राखेर काठमाडौं पठाईएको छ। गैंडालाई सामान्य अवस्थामा खोरमा राखेर पठाईएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। ‘सामान्य रुपमा फलफुल, घाँस खुवाउँदै काठमाडौं पुर्‍याउने तयारी गरेका छौं’, उनले भने, ‘भोलि आराम गराएर पर्सी चीन पठाईनेछ।’

काठमाडौं लैजानको लागि मंगलबार बिहान खोरमा राखिएको थियो। दिउँसो एक्साभेटरको मद्दतले गैंडा सहितको खोरलाई ट्रकमा राखिएको थियो। गैंडा सहित चितवनबाट पाँच जनाको टीम चीन जाने निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। पशु चिकित्सक, प्राविधिक र गैंडाको हेरचाहमा खटिएका तीन जना वाईल्डलाईफ टेक्निसियन चीन जाँदैछन्।

नेपाल सरकारले २०७३ को असारमा दुई जोडी गैंडा चीनलाई उपहार दिने निर्णय गरेको थियो। सोही अनुरुप पहिलो चरणमा एक जोडी उपहार पठाउन लागिएको हो। १८ देखी २४ महिना बीचका भद्र र रुपसीलाई चीनको गोञ्जाउमा राखिनेछ। यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट २६ वटा गैंडा विभिन्न देशलाई उपहार दिईसकिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App