जापानमा रक स्टार हिमेशको कन्सर्ट हुदैँ

मङ्गलबार, २६ असार २०७५, १३ : ४९ नारायण रिमाल

टोकियो- जापानमा हुने भनिएको बहुप्रतिक्षित वलिउड म्यूजिकल लाईभ कन्सर्टको तयारी तिब्र पारिएको छ। टोकियोमा आयोजना गर्न लागिएको ‘हिमेश रेशमिया लाईभ इन टोकियो’ बारे इण्डियन रक स्टार हिमेश रेशमियाले आधिकारिक जानकारी सहितको अफिसियल भिडियो पठाएसंगै कार्यक्रमको तयारी तिब्र पारिएको हो।

सनराईज प्रोडक्सन्स र सक्सेस एब्रड स्टडीको सामूहिक सहकार्यमा हुन लागेको सो लाईभ कन्सर्ट नाकानो जिरो हलमा यहि जुलाई २२ तारिख आईतवारका दिन हुने निश्चित भएको छ। यस भन्दा अघि प्राविधिक कारणले स्थगित हुन पुगेको थियो।

सोहि कन्सर्टमा वलिउड डान्स ग्रुप सहेलियाले चर्चित हिन्दी गीतहरुमा विशेष प्रस्तुति दिने छ। यससंगै वलिउडका चर्चित संगीतकार तथा गायक रेशमिया सहितको ८ जनाको व्याण्ड टोली जापान आउने पक्का भएको छ । सो इभेन्टको मुख्य सहयोगी डिप्वे जापान कम्पनी लिमिटेड रहेको छ।

पहिलो पटक नेपालीले जापानमा आयोजना गर्न लागेको वलिउड कन्सर्टमा नेपालीको अलावा इण्डियन, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, जापानी लगायत दर्शकहरुले उत्साह पूर्वक टिकट बुकिङ्ग गरिरहेको सनराईज प्रोडक्सन्सले जानकारी गराएको छ । यसरी टिकट खरिद हुनु सम्भवत यो पहिलो रेकर्ड हो।

गायक तथा संगीतकार रेशमियाका आप्का सुरुर, आशिक बनाया आपने, जरा झुम झुम, हुक्खा बार, झलक दिखलाजा, झुम्मेकी रात, तेरी मेरी, तेरे नाम, आप्का खातिर, क्युकी इत्ना प्यार, हमराज, क्यादिल्ने कहा, कही प्यारना होजाए, खिच् मेरी फोटो, हाम्को दिवाना, प्रेम रतन धन पायो लगायत गीतहरु चर्चित छन्।

गायक तथा संगीतकार रेशमियाले १०५ भन्दा बढी चलचित्रमा संगीत दिएका छन् भने आफैले गाएका १५० भन्दा बढी हिट गीतहरु छन्।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad