coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जित्ने मन्त्र थाहा छ पिकफर्डलाई

काजान (एजेन्सी) –  इङ्ल्यान्डका किपर जोर्डन पिकफर्ड यो साता चर्चामा रहे।

मंगलबार कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दा पिकफर्डले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनैको पे्ररणामा इङ्ल्यान्डले पहिलो पटक विशवकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमा सफलता हात पार्ने क्रममा कोलम्बियाविरुद्ध जित हात पार्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो। शनिबार इङ्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेनको चुनौती २–० ले पन्छाएको खेलमा पनि पिकफर्डले जादुमय खेल पस्किएका थिए। उनले स्विडेनका स्ट्राइकर मार्कुस बर्गका दुई सुनौला प्रहार जोगाएका थिए।

उनको उत्कृष्ट प्रदर्शनबाट सन् १९६६ को विजेता इङ्ल्यान्डले २८ वर्षपछि अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।

सात खेलको मात्र अनुभव बटुलेका पिकफर्डले प्रशिक्षक गारेथ साउथगेटले दिएको अवसरलाई प्रमाणित गरे । ८ वर्षको उमेरमा सन्डरल्यान्डको युथ एकेडेमीमा भर्ना भएका पिकफर्डले २०११ मा सन्डरल्यान्डको पहिलो रोजाइबाट खेल्ने अवसर पाएका थिए। क्बलबाट ३१ खेल खेलेकाले पिकफर्डले क्लब बसाइको अधिकांश समय लोनमा बिताएका थिए। २०१३ सम्म उनी इङ्ल्यान्डको छैटौं श्रेणीको क्लब एनफिल्ड टाउनबाट खेल्थे। स्विडेनविरुद्धको खेलमा नाटकीय पदर्शन गरेका पिकफर्डले फेरि अर्को पटका इङ्ल्यान्डलाई नयाँ इतिहास रच्न पे्ररित गरेको छ।

‘२–० को जितले हाम्रो उत्कृष्टता प्रमाणित गर्दछ,’ स्विडेनविरुद्ध जित हात पारेपछि उनले भने, ‘तर कोलम्बियाविरुद्ध हात पारेको जित मेरो मानसपटलमा सधैं रहिरहन्छ,’ म्यान अफ दी म्याच घोषित भएका पिकफर्डले थपे, ‘दिनप्रतिदिन हाम्रो टोलीले खेलमा सुधार ल्याउँदै गएको छ। अझै चुनौतीपूर्ण खेल सामना गर्नु नै छ। त्यसका लागि हामीले उत्कृष्ट खेल्नुको विकल्प छैन।’ ‘पछिल्लो पटका इङ्ल्यान्डले अन्तिम चारमा स्थान बनाउँदा म जन्मिएको पनि थिइनँ,’ पिकफर्डले भने, ‘हाम्रो टिम युवाहरूले भरिएको छ। अनुभवी युवा छौं। हामीलाई थाहा छ कसरी आपसी तालमेल मिलाएर खेल खेल्नुपर्छ। बलियो पक्ष के हो भन्ने पनि हामीलाई स्पष्ट छ। जित कसरी हात पार्ने थाहा छ।’

प्रकाशित: २६ असार २०७५ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App