काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

मङ्गलबार, २६ असार २०७५, १० : ४५ नागरिक

काठमाडौं – काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ। महानगरपालिकासँगको सहकार्यमा एडगुरुले चिन्हको जडान गरिरहेको छ।

सोमबार रत्नपार्क, सुन्धारा र न्युरोडमा चिन्हहरु जडान गरिएको एडगुरुका सह संस्थापक सौरभ रिमालले बताए । उनले आगामी दिनमा महानगरपालिकाका अन्य ठाउँमा पनि चिन्ह जडान गरिने बताए।

एडगुरुको परियोजनाबाट आफुहरु खुशी रहेको बताउँदै काठमाडौं महानगरपालिकाका मेयरले विद्यासुन्दर शाक्यले यसले सुन्दर सहर निर्माणमा टेवा पुर्याउने छ। ‘काठमाडौंको ट्राफिक व्यवस्थापनमा पनि यसले सहयोग पुग्ने छ’, मेयर शाक्यले भने, ‘साइनसँगै रहेका विज्ञापन बोर्डबाट महानगरपालिकाले राजश्व संकलन गरि त्यो रकम महानगरको विकासमा खर्चिने छ।’

स्मार्ट सिटी चिन्हहरूले सवारी चालकहरूलाई सजिलो हुने तथा दुर्घटनामा कमी आउने काठमाडौं महानगरपालिकाले बताएको छ।स्मार्ट सिटी चिन्हहरूको प्रयोगले काठमाडौं जस्ता अति व्यस्त शहरहरूमा दैनिक जसो हुने सवारी दुर्घटनामा कमी आउने नेपाल प्रहरीका प्रमुख तथा आइजीपी सर्वेन्द्र खनालले बताए। काठमाडौं महानगरभित्र ट्राफिक व्यवस्थापन एक गम्भीर चुनौती देखिएको वर्तमान समयमा उक्त स्मार्ट सिटी चिन्हको प्रयोगले प्रभावकारी व्यवस्थानमा सहयोग पुग्ने उनको भनाई छ।
 






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad