७ वैशाख २०८१ शुक्रबार
समाज

जीप दुर्घटनामा परि पाँचथरमा एकको मृत्यु, आठ घाइते

पाँचथर – पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पाँचथरको उत्तरी याङवरक गाँउपालिका–३ ओयामको चैत भिरमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

मंगलबार विहान च्याङथापुदेखि विर्तामोड तर्फ जाँदैगरको मे १ ज २०५१ नम्बरको  जीप दुर्घटना हुँदा याङवरक–१ का कैलाश अधिकारीको घटना स्थलमै मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि बामदेव गौतमले जानकारी दिए।

घाइतेहरुको नाम खुल्न सकेको छैन। केहि घाइतेहरुको अवस्था गम्भिर रहेको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइदै छ। लोकमार्गको कच्चि सडकमा गाडी भिरबाट झरेको बताइएको छ।  जीप चालक घिमाल कान्छा समेत घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ।

प्रकाशित: २६ असार २०७५ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App