coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

काठमाडौ – सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने पुनः तयारी थालेको छ । झन्डै ढेड देशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको वैठकदले उद्योग सञ्चालनको लागि तयारी अगाडी बढाउन भन्दै ७ सदस्य अध्ययन कार्यदल समेत गठन गरेको छ । कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ।

वैठकमा उद्योग मन्त्री मातृका प्रसाद यादव सहितको टोली र नेपाली सेनाका कायम मुकायम प्रधान सेनापति पूर्णचन्द्र थापा सहितको वैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । उद्योगलाई जसरी  भए पनि सञ्चालन गर्नु पर्छ भनेर काम अगाडी बढेको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले बताए।

कार्यदलमा नेपाली सेनाको क्षेत्रबाट मेकानिकल, मार्केटिङ्ग र टेक्सटाईल सम्वन्धी ज्ञान भएका तीन जना अधिकृत स्तरकाकर्मचारी, मन्त्रालयको तर्पmबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल ईन्जिनियर, अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा मन्त्रालयबाट मनोनित एकजना मेकानिकल ईन्जिनियर समेत जम्मा ७ जना रहने छन्।

कार्यदलले  उद्योगको मिल मेशिनरी र पूर्वाधारको अवस्थाबारे अध्ययन गर्ने छ । त्यसैगरी, उक्त उद्योग कसरी सञ्चालन गर्न सकिन्छ भनेर उद्योग संचालनको मोडालिटी बारेमा पनि सुझाब पेश गर्ने छ । साथसाथै, यसको सञ्चालनको लागि सरकार, सेना वा अन्य क्षेत्रबाट कसरी लगानी गर्ने र यसको मोडालिटी कस्तो हुने भन्ने बारेमा पनि कार्यदलले सरकारलाई सुझाव दिने छ । कार्यदलले हाल उद्योगको आर्थिक, प्राविधिक, तथा काननुनी लगायका विषयमा पनि विस्तृत अध्ययन गर्ने छ।

यस अघिको सररकाले पनि यस उद्योग सञ्चालन गर्ने भनेर प्रकृया समेत अगाडी बढाएको थियो । तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग सञ्चालन गर्ने भन्दै राष्ट्रिय योजना आयोगका पूर्वसदःय पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्य अध्ययन टोलीसमेत गठन गरेको थियो ।

उक्त टोलीमा सरकारी प्रतिनिधी सहित नेपाली सेना, नेपाल प्रहरीका प्रतिनिधी, सशस्त्रका प्रतिनिधी र जिनी क्षेत्रको पनि सहभागिता रहेको थियो । लामो समयदेखि बन्द भएको उद्योगलाई नेपाली सेनाले सञ्चालन गर्न इच्छा देखाउँदै आएको छ । सेनाल त्यो बेला उद्योग सञ्चालन गर्न प्रस्ताव समेत राखेकोका थियो । यो उद्योग सञ्चालन गर्न सके सेनाको लत्ताकपडा प्रयोग गर्न सक्ने र राम्रो बजार हुन सक्ने सरकारको विश्वास छ।

हेटौंडा कपडा उद्योग चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३६ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योग २०५७ सालमा बन्द भयो । २०४८ सालमा तत्कालीन सरकारले हेटौंडा कपडा उद्योग निजीकरण गर्ने निर्णय समेत गरेको थियो । सरकारले उद्योगलाई अलपत्र अवस्थामा पारेपछि उद्योग बन्द हुन पुगेको थियो।

उद्योग करिब आठ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।  यसमध्ये दुई सय ५६ आफ्नै स्वामित्वको र बाँकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हो । यस क्षेत्रमा साना–ठूला गरी झन्डै ३० घरटहरा छन् । उद्योग सञ्चालन हुदा १५ सयभन्दा बढीलाई रोजगारी दिएको थियो । स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो । हाल उद्योगमा कुरुवामात्र छन्।

केही सयम अघिको सरकारी तथ्यांक अनुसार यस उद्योगमा लुम (कोरा कपडा बुन्ने मेसिन) चार सय ८४ वटा रहेका थिए । यहाँ रहेका टेलरिङ, बाइन्डिङ, प्रिन्टिङ गर्ने मेसिनले करिब २५ सय मेट्रिक टन धागो र झन्डै तीन करोड मिटर कपडा उत्पादन गथ्र्यों । उद्योगमा दुईवटा ठूला डाइङ मेसिनको भवन सहित अन्य भौतिक संचरना छन्।

सुरुमा नेपाली सेनाले उद्योग सञ्चालन गर्ने प्रस्ताव उद्योग मन्त्रालयमा गरेको थियो । रक्षा मन्त्रालय मार्फत उद्योग चलाउने विभिन्न मोडालिटी पनि प्रस्तुत गरेको थियो । सेनाका झन्डै एक लाखजनाका लागि कम्ब्याक्ट पोसाक बनाउने योजना त्यो बेला सेनाको थियो । मन्त्रालयमा प्रस्तुत योजनाअनुसार सशस्त्र र नेपाल प्रहरी तथा सरकारी कर्मचारीका नियमित पोसाकसमेत बुन्ने लक्ष्य सेनाको थियो ।

प्रकाशित: २६ असार २०७५ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App