coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजार १८ बिन्दुले घट्यो

काठमाडौं– सेयर बजार मापक नेप्से सूचक सोमबार १७.९६ बिन्दुले घटेको छ । नेप्से सूचक १२०६.४३ बिन्दुमा आइपुगेको छ।

उक्त दिन ४१ करोड  आठ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । सोमबार कुल १६७ कम्पनीकोकम्पनीको १० लाख ९७ हजार ६७ कित्ता सेयर खरिदबिक्री भएका छन्।

नेप्सेमा १० वटा समूहको सेयर कारोबार भएकोमा व्यापारिक र  उत्पादनमूलक समूह बढेका छन् भने बाँकी सबै समूहका सूचक तल झरेका छन् । व्यापारिक समूह ०.२५ बिन्दुले र उत्पादनमूलक समूह ७.४३ बिन्दुले उकालो लागेको छ । सबैभन्दा धेरै बिमा समूहको सूचक १३०.४२ बिन्दुले घटेको छ । वाणिज्य बैंक समूहमा पनि १६.४२ बिन्दुले ओलिएको छ।

कारोबार रकममा एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा धेरै १४ करोड ८० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक छन् ।

प्रकाशित: २६ असार २०७५ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App