नयाँ राजनीतिक दिशा

बिहिबार, २३ भदौ २०७३, ०९ : ५९ प्रशान्त लामिछाने  | @prasantaparbat

समय परिर्वतन भएको छ। १९ औं शताब्दीदेखि २१ औं शताब्दीेको सुरुवातसम्म आइपुग्दा विश्व राजनीतिका परिदृश्यमा फरकपन आएको छ। १९ औं शताब्दीको मध्यतिर विश्वमा धेरै ठाउँमा सामन्तवादको ठाउँमा पुँजीवादले स्थान बनाइसकेको थियो। प्रजातन्त्रले आफ्नो स्थान मजवुत बनाउँदै थियो। पुँजीवादमा उत्पादन, प्रविधि र विज्ञानको विकासले व्यापकता लियो तर समाज यतिले मात्र चल्दैन। मानिसका न्यूनतम आवश्यकता त्यसले मात्र पूरा गर्दैन। र, समाज विभाजनतर्फ जान्छ। यति हुँदाहुँदै एकातर्फ एउटा वर्ग दिनानुदिन प्रगतिको शिखरमा पुगे भने अर्को वर्ग पेट भर्ने समस्याबाट नै गुज्रन पुगे। यसलाई सर्वहारा र पुँजीवादीबीचको द्वन्द्व पनि भन्न सक्छौँ। कुनै पनि कुरा चमर विकास हुन्छ भने त्यसको पतन पनि अवश्यम्भावी हुन्छ भन्ने एउटा दर्शन हुन्छ। मौलिक अधिकारबाट वञ्चित हुनेहरुले विद्रोह गर्छन्। २१ औं शताब्दीको सुरुवातसम्म आइपुग्दा विश्वमा यस्ता धेरै विद्रोह भए। जुन अधिकार, जनजीविका र शोषणविरुद्ध थिए। यसलाई हामी पुँजीवादमा हुने वर्गीय अन्तरविरोधका रूपमा पनि लिन सक्छौँ। समाज सधैँ अन्तरविरोधबाट मात्र गुज्रन सक्दैन। यहाँ मानिसका सामाजिक सम्बन्ध समृद्धिको चाहनाले धेरै प्रभाव पार्ने गर्छ।

परिवर्तन व्यवस्थित गर्न नसक्दा खतरा हुन्छ। अब त्यो खतरा निम्तन दिनुहुन्न। त्यसका लागि परम्परागत राजनीतिको दिशा परिवर्तन हुन जरुरी छ।

७० वर्षदेखि नेपाल पनि यो वा त्योरूपमा विद्रोहबाट गुज्रँदै आयो। त्यसको अन्तिम रूप १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलन थियो। त्यसको बलमा राजतन्त्र अन्त्य र लोत्रतान्त्रिक गणतन्त्र स्थापना भएपछि हामी पनि नयाँ चरणमा प्रवेश गर्‍यौं। कतिपयले यसलाई सामान्तवादको अन्त्य र पुँजीवादमा प्रवेश पनि भन्ने गरेका छन्। समयसँगै नेपाली समाजमा पुँजीवाद प्रवेश भएको हो तर यो शिशु अवस्थामा छ। नेपालको भूराजनीतिक अवस्था र स्रोत साधानले मात्र होइन, नेतृत्वको राजनीतिक चेतका कारण पनि यसलाई वयस्क बनाउन विविध अवरोध छन्। विश्वमा पुँजीवादले ठूलो फड्को मारेको छ तर यसले सबै मानवलाई सन्तुष्टि दिन सकेको छैन। हाम्रो जस्तो अल्पविकसित देशमा पुँजीवादका अंगहरुले आफ्नो क्रिडास्थलमात्र बनाउने काम भएको छ। टाढा जानुपर्दैन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्तर्राष्ट्रिय गैरसरकारी निकायका काम हेरे पुग्छ। वर्षौंदेखि नेपाली समाजमा उनीहरुले काम गरेका छन् तर हामी ती कामबाट खासै परिवर्तन देख्न सक्दैनौं।

हाम्रो मुख्य समस्या नै हामी गर्छौं भन्न नसक्नु हो। के हामी आफैं केही गर्न सक्दैनौं? के यहाँ लगानी जुट्नै नसक्ने हो? जस्तो अहिलेकै एउटा उदाहरण लिउँ– फास्ट ट्रयाक। यसमा एउटा विवाद देखिइरहेको छ। एकथरी भन्छ भारतलाई नदिउँ, अर्को थरी भन्छ दिउँ। अनि अर्कोथरीको आवाज छ अरु नै देशलाई दिउँ। किन यस्तो आवाज आउँदैन कि 'यो हामी नै बनाउँ, नेपालीलाई नै दिउँ।' सरकारले ल्याएका राष्ट्रिय गौरवका केही योजनामात्र नेपाल आफँैले सम्पन्न गर्ने हो भने त्यसले केही न केही उत्साहमात्र होइन, नेपाली मनहरुमा आत्मविश्वास पनि सञ्चार गर्नेछ। नागरिकमा उत्साह भर्न सक्नु नै देश विकासको पहिलो खुड्किलो हो।

जनु प्रकारले राजनीतिको दिशा अघि बढिरहेको छ यसमा परिवर्तन जरुरी छ। यस्तो विकृत तरिकाबाट लामो समय देश अघि बढ्न सक्दैन। पारदर्शी राजनीतिबिना सभ्य समाज र सुशासनको कल्पना हुन सक्दैन। एउटा नेताले के के काम गर्छ? समाजको, देशको र जनताका लागि के काम गर्छ? यस्ता विषय प्रष्ट देखिनुपर्छ। काम मिलाउने, ठेक्का टेन्डरमा लाग्ने र कमिसन खानु सानो पदका देखि ठूलो पदका नेताका आम्दानीका स्रोत बनेका छन्। मन्त्री किन हुने? सामान्यत देशको सेवा गर्न भन्ने उत्तर आउनुपर्ने मा त्यस्तो हुँदैन। यसको उत्तर 'पैसा कमाउन' सँग जोडिएको छ।

लामो क्रान्तिपछि देशमा एउटा वातावरण बनेको छ तर राजनीतिक वातावरणमा भने कुनै फरकपन छैन। हरेक संक्रमणकालीन अवस्था खतरनाक हुने गर्छ। एउटा परिवर्तनपछि त्यसलाई व्यवस्थीत गर्न सकिएन भने अर्को विद्रोहको खतरा पनि उत्तिकै हुन्छ। जस्तो २००७ सालको क्रान्तिपछि देशमा प्रजातन्त्र त आयो तर केही समयमा नै राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिए। भलै यो प्रतिगामी कदम थियो। २०४६ सालमा बहुदल आएलगत्तै माओवादीले विद्रोह थाल्यो। यी घटना हेर्दा हामी बुझ्छौं, परिवर्तन व्यवस्थित गर्न नसक्दा खतरा हुन्छ। अब त्यो खतरा निम्तन दिनुहुन्न। त्यसका लागि परम्परागत राजनीतिको दिशा परिवर्तन हुन जरुरी छ। नागरिक अब क्रान्ति र दर्शनका लम्बेतान कुरामा अल्झन चाहँदैनन्। विकास र समृद्धिको बाटोमा रमाउन चाहन्छन्। यसर्थ हाम्रो राजनीतिक संस्कार बदल्न जरुरी छ। ९० को दशकदेखि समाजमा खुलापन बढ्दै गएको छ तर राजनीतिले त्यो ट्रयाक समात्न सकेको छैन। अझै पनि पार्टी र त्यसका नेताहरुले आफूलाई विकासको द्योतक वा केन्द्र बनाउनतर्फ होइन, शक्तिकेन्द्र बनाउने उत्कट चाहना राख्नुले समृद्ध समाज कल्पना गर्न दिँदैन। अपारदर्शी शक्तिले भ्रष्टाचार बढाउँछ, यसले सिधा राजनीति र आर्थिक विकासमा असर गरिरहेको हुन्छ। जो अहिले हाम्रो समाजमा भइ नै रहेको छ।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad