विश्वकप सेमिफाइनल: फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास? (भिडियो)

मङ्गलबार, २६ असार २०७५, १९ : ५८ नागरिक

नागरिक नेटवर्कको उत्पादन

उपाधी दाबेदार ब्राजिललाई हराउँदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको बेल्जियम मंगलबार सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा बलियो टोली फ्रान्ससँग भिड्दैछ।  

पहिलो पटक विश्वकप फाइनलमा सहभागी हुने र उपाधि नै जित्ने लक्ष्य टोलीकोे छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीको भिडन्त रोमाञ्चक हुने खेल विश्लेषकहरुले अनुमान गरेका छन्। 

ब्राजिल विरुद्धको खेलमा रक्षापंक्तिमा केहि कमजोरी देखिएको बेल्जियमको अग्रपंक्ति बलियो रहेको यसअघिका खेलमा देखिएकै हो। यता फ्रान्सको रक्षापंक्ति देखि अग्रपंक्ति दुवै सन्तुलित छ । बलिया र अनुभवी खेलाडीहरुको वाहुल्य रहेको दुवै टोलीका खेलाडीहरुसँग युरोपका शिर्ष लिगहरु खेलेका अनुभव छन्।

फ्रान्सेली टोलीमा किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र ओलिभर जिरौड जस्ता अनुभवी खेलाडी छन् भने बेल्जियमको टोलीमा केभिन डी ब्रुयना, रोमेलु लुकाकु, इडेन हाजार्डजस्ता उत्कृष्ट खेलाडीको उपस्थिति छ। फ्रान्सका कान्टे र बेल्जियमका इडेन हाजार्ड दुवै इङ्लिस क्लब चेल्सीमा आवद्ध भएका कारण एक अर्का टोली विरुद्धको रणनीति बनाउन दुवैलाई सहज समेत हुनेछ । 

मंगलबारको खेलमा थोमस म्युनियर भने बेल्जियमकालागि उपलब्ध हुने छैनन् । दोहोरो पहेंलो कार्ड पाएका कारण उनले सेमिफाइनलको खेल गुमाउने भएका हुन । उनको स्थानमा यानिक कारास्कोलाई मैदान उतार्ने तयारी प्रशिक्षक रोवर्टो मार्टिनेजले गरेका छन्। 

यी दुई टोलीको भेट विश्वकपमा पछिल्लो पल्ट १९८६ मा भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स ४–२ ले विजयी भएको थियो । त्यसपछि प्रमुख प्रतियोगिताहरुमा यी दुई टोलीको भेट नभएपनि हालसम्म आठ मैत्रीपुर्ण खेलमा भने एकअर्का विरुद्ध खेलिसकेका छन् । फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो भने पछिल्लो पल्ट सन् २००६ मा फाइनलसम्मको यात्रा गर्न सफल भएको थियो ।

बेल्जियमले ब्राजिललाई  २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने फ्रान्सले उरुग्वेलाई २–० ले पराजित गरेको हो । 

फ्रान्स र बेल्जियमबीचको खेल नेपाली समयअनुसार मंगलबार राती पौने १२ बजे सेन्ट पिटर्सवर्ग रङ्गशालामा हुनेछ। 
बुधवार राति हुने दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्ड र क्रोएसिया भिड्नेछन्।







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad