४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

बलात्कारीमाथिको मृत्युदण्ड कायमै रहन्छ : अदालत

नयाँ दिल्ली - भारतको सर्वोच्च अदालतले दिल्लीमा भएको सामूहिक बलात्कारका आरोपितहरुमाथिको मृत्युदण्डको फैसला कायमै राखेको छ। सोमबार आरोपितहरु मध्येका मुकेश, पवन र विनयले अदालतको निर्णयमाथि दिएको पुर्नविचार निवेदनलाई खारेज गर्दै अदालतले उनीहरुमाथि यसअघि गरिएको फैसला कायमै राख्ने निर्णय गरेको हो।

आरोपित मध्येका चौथा अभियुक्त अक्षय कुमार सिंहले भने निवेदन दिएका थिएनन् । सन् २०१२ मा दिल्लीमा भएको निर्भया सामुहिका बलात्कारको घटनामा दोषि ठहर गर्दै यसअघि अदालतले उनीहरुमाथि मृत्युदण्डको सजाय सुनाइसकेको छ। 

सोमबार आरोपितहरुले दायर गरेको निवेदनमाथि अदालतले सुनुवाई गर्ने भएपछि निर्भयाका परिवार आफ्नो वकिल सहित अदालत पुगेका थिए। अदालतले उनीहरुलाई दोषि ठहर गरिसकेको अवस्थामा चाँडो भन्दा चाँडो फैसला कार्यान्वयन गर्न निर्भयका परिवारले माग गरेका छन्। साथै अदालतले आरोपितहरुलाई आफ्नो धारणा राख्ने पुरा समय दिएको बताउँदै अब यो विषयमा बारम्बार छलफल गरिरहनु आवश्यक नभएको बताएको छ । बलात्कारका चारै अाराेपितहरूलार्इ तिहाड जेलमा राखिएकाे छ। 


निर्भयामाथि चल्दै गरेको बसभित्रै  सन् २०१२ मा सामूहिक बलात्कार भएका थियो। बलात्कार पछि गम्भीर घाईते भएकी उनलाई सडक किनारामा फालिएको अवस्थामा भेटिएको थियो। केहि दिनको उपचारपछि उनको निधन भएको थियो । घटना पश्चात राजधानी दिल्ली लगाएत देशभर प्रदर्शनहरु भएका थिए। 

 

प्रकाशित: २५ असार २०७५ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App