८ वैशाख २०८१ शनिबार
राजनीति

संसदीय दलको विधान टुंग्याउँदै राजपा

फाइल तस्बिर

काठमाडाैं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ।  सिंहदरबारमा साेमबार बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो। 

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र भोलि १२ बजेसम्म विधानबारे केही सुझाव भएमा पार्टीमा बुझाउन समय दिएको बताए। उनले भने– “समसामयिक राष्ट्रिय विषयमा पनि छलफल भयो। तर, औपचारिक निर्णय भने दलसम्बन्धी विधान, दलको नेता चयनलगायत सबै काम सात दिनभित्र सक्ने सहमति भएको छ।” 

राजपाले संसदीय दलको विधानलाई मंगलबार टुंगो लगाएर दलको नेता चयन गर्न निर्वाचनको मिति घोषणा गर्नेछ। बैठकमा संघीय संसद्का दुबै सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रारम्भिक छलफल भएको र पुनः बैठक बसेर सोबारे निर्णय लिने नेता यादवले बताए। 

राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा दुई सांसद छन्। जम्मा १९ सांसदमध्ये एक रेशम चौधरीको मुद्दा नटुंगिएकाले उहाँ अहिले सांसदको हैसियतमा छैनन्। रासस

प्रकाशित: २५ असार २०७५ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App