८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीले औषधि लिन मानेन्

देबेन्द्र बस्नेत/ डिबी बुढा

जुम्ला- चिकित्सा शिक्षाको सुधारको लागि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि लिन अस्बीकार गरेका छन्। सोमवार डा. केसीले गुलकोज लिन नमानेको उपचारमा संलग्न चिकित्सक डा. प्रविणकुमार गिरीले बताए। उनको शरीरमा चीनिको मात्रा कम भएपछि गुलकोज चढाउने तयारी भएको थियो। चिकित्सक गिरीले भने,‘शरीरमा गुलकोजको मात्रा कम हुँदा गुलकोज चढाउन लागेका थियौँ, लिन अस्वीकार गर्नुभयो। त्यसको सट्टा आईभी फलुड दिईरहेको छ।'

सोमबारको स्वास्थ्य चेकजाँचका क्रममा डा. केसीको मुटुमा अत्याधिक समस्या देखिएको डा. गिरीले जानकारी दिए। उनका अनुसार रगतमा म्याग्नेसियमको मात्रा कम भएको हुँदा, मुटुको चाल तलमाथि भएको र जुनसुकै बेला मुटुको चाल बन्द हुन सक्ने खतरा देखिएको छ। यसैगरी शरीरमा सेतो रक्तकोसिकाको कमी देखिएका कारण उनलाई संक्रमणको अत्याधिक जोखिम रहेको छ।

डा. गिरीका अनुसार सक्रमणबाट जोगाउन स्पेशल केयर युनिटमा राखेर उपचार भईरहेको छ। डा. केसीको छातिको बीच भागमा दुखाई निकै बढेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।

प्रकाशित: २५ असार २०७५ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App