८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीमा सत्ताको दम्भ पलाएको छ : थापा

गगन थापा । फाइल फोटो/नागरिक

काठमाडाैं - नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली भित्र सक्ताको दम्भ पलाएको आरोप लगाउनुभएको छ।

दुई तिहाई बहुमत प्राप्त सरकारलाई कसैले नसिकाउन भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएको आरोप लगाउदै थापाले वर्तमान सरकारमा अधिनायकतावादले जन्म लिएको बताए। डा गोविन्द केसीको मागका सम्बन्धमा जानकारी गराउन प्रधानमन्त्री निवास पुगेका चिकित्सकहरुको टोलीलाई यस्तो अभिव्यक्ति दिएको भन्दै गगन थापाले आजको संसद बैठकमा जननिर्वाचित प्रधानमन्त्रीभित्र दम्भ पैदा भएको आरोप लगाए।

प्रधानमन्त्रीले एकदुई टाउका संसदमा बोल्दैमा एकदुई जना अनशन बस्दैमा यो सरकारलाई केहि असर पुग्दैन बताएको भन्दै थापाले टाउको नगनी सत्यता र स्वार्थहिनताको पक्षमा हिड्न केपी ओलीलाई सुझाव दिए।
डा केसीका माग जाएज र स्वार्थहिन भएको बताउदै थापाले सरकारका सकरात्मक कुरामा कांग्रेस साथ दिन तयार रहेको बताए।

प्रकाशित: २५ असार २०७५ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App