७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘डा.केसी जीउ चिलाएर अनसन बसेका हैनन्’

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले डा. गोविन्द केसी जीउ चिलाएर अनसनमा नबसेको बताएका छन् ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसन बसिरहेका डा. गोविन्द केसीले माग गरे अनुरुप चिकित्सा शिक्षा विधेयक ल्याउन माग गर्दै संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव माथिको बहसमा भाग लिंदै शाहले सो कुरा बताएका हुन् ।

शाहले भने ‘सातै प्रदेशमा अस्पताल विस्तार गर भन्दा केसीले के गल्ती गरे?, गुणस्तरिय चिकित्सा शिक्षा कायम गर भन्दा केसीको के गल्ती भयो?’

नेपाली कांग्रेस दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् । आज प्रतिनिधि सभाको बैठकमा सोही प्रस्तावमाथि छलफल भइरहेको छ । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले समर्थन गरेका छन् भने सत्तारुढ दल नेकपाका सांसदले विरोध गरेका छन्।

छलफलमा भाग लिंदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले आफ्नो पार्टी निजी शिक्षाको पक्षमा नरहेको जानकारी दिंदै राज्यले संविधानको मौलिक हकमा उल्लेख भए अनुसार निशुल्क शिक्षा बनाउन आग्रह गरे।

प्रकाशित: २५ असार २०७५ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App