४ वैशाख २०८१ मंगलबार
शिक्षा

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

कोलम्बिया विश्वविद्यालयले नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान निर्देशक काशीनाथ न्यौपानेलाई लेखेको पत्र।

काठमाडौं– ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको बताएको छ।

कोलम्बिया विश्वविद्यालयको संस्कृत साहित्य र दक्षिण एशिया लोकसाहित्य विभागका सहप्राध्यापक डा. अधिश साथायेले सम्मेलनमा भाग लिइरहेका नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान निर्देशक प्रा.डा. काशीनाथ न्यौपानेलाई पत्र लेखेर उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको घटनाबारे जानकारी पाएको र राज्यको व्यवहारले निराश तुल्याएको बताएका हुन्।

क्यानडाको भ्यानकुवरमा आयोजना हुने सम्मेलनमा भाग लिन जाँदा असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपकुलपति कोइरालालाई प्रहरी लगाएर रोकिएको थियो । प्रधानमन्त्रीले बोलाएको भनेर कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटार पुर्याएर उनको उडान समय घर्केपछि छाडिएको थियो । सरकार अधिकारीहरुले विदेश जान लागेका उपकुलपति कोइरालाले विदा अनुमति नलिएकाले रोकिएको बताएका छन्।

न्यौपानेलाई लेखिएको पत्रमा अझै पनि उपकुलपति कोइराला सम्मेलनको अन्त्यसम्ममा भाग लिन आइपुगेमा सन् २०२४ को विश्व संस्कृत सम्मेलन गर्न नेपाललाई जिम्मेवारी दिएर आभार व्यक्त गर्न चाहेको उल्लेख छ। पत्रमा ‘उपकुलपतिको अनुपस्थितिमा सम्मेलन आयोजनाको जिम्मेवारी दिनुपर्दा लज्जा अनुभूति हुनेछ’ भनिएको छ।

प्रकाशित: २६ असार २०७५ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App