४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक : विवेकशील साझा

काठमाडाैं - विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र हठ खेदजनक रहेको बताएको छ। समाजवादी भनिएको सरकारको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षाबारेको दृष्टिकोण र नीति पूर्णरुपमा गलत दिशातर्फ उन्मुख हुनु दुर्भाग्यपुर्ण रहेको विवेकशील साझाको ठहर छ।

पार्टीद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा  उदारीकरणका नाममा नियमनविनै स्वास्थ्य शिक्षा जस्ता क्षेत्रलाई निजीकरण गर्दा व्यापारिकरण र माफियाकरणको डरलाग्दो रुप निम्तिरहेको उल्लेख छ। चिकित्सा शिक्षा नीति र कानुनलाई सही बाटोमा ल्याउन सरकारद्वारा गठित केदारभक्त माथेमाको प्रतिवेदन र डा. गोविन्द केसीको अभियान सहि रहेको विज्ञप्तिमा उल्लेख छ। साथै पार्टीले माथेमा प्रतिवेदनको भावना प्रतिविम्बित हुने गरी तुरुन्तै नयाँ कानुनको मस्यौदा गर्न माग समेत गरेको छ।

सीमित राजनीतिक र व्यापारिक स्वार्थ पूर्ती हुने गरी कुनै नीति नबनोस भन्नेमा पार्टीले सरकारलाई खबरदारी गराउँदै डा. केसीका माग र उनको अनशनप्रति सकरात्मक बन्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।

प्रकाशित: २५ असार २०७५ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App