रोल्पा – ‘किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके)को टोली अस्थिपञ्जर (पुरा नभएको भवन) बुझ्नुस भनेर आएका थिए। लालकुमार सर यस्तो पनि हुन्छ। ३ भागको एक भाग पनि भबन बनेको छैन हस्तान्तरण गर्न खोज्ने। लाज पनि छैन।’ कृर्षि सेवाकेन्द्र हस्तान्तरणका लागि पोवाङ पुगेका बरिष्ठ कृर्षि बिकास अधिकृत लालकुमार श्रेष्ठसँग असन्तुष्टी जनाउँदै सुनछहरी गाउँपालिकाका प्रमुख आश बहादुर पुनले भने।’ ‘झुक्काउनुको पनि सिमा हुन्छ नि’, उनले भने, ‘हेर्नुस त यस्तो भबन पनि बुझ्ने हुन्छ ।’ सबैले गाउँमा आएर यस्तै अलपत्र संरचना छोड्दै जाने हो भने त काम नै नगर्नु नि उनले भने।
सुनछहरी गाउँपालिकाको पोवाङमा केयुबिकेले कृषि सेवा केन्द्र भबन निर्माण गर्न ठेकेदारलाई जिम्मा दिएको छ। तर बिभिन्न जिल्लाका यस्ता योजना अलपत्र पारेका ठेकेदारसँगको मिलेमतोमा उक्त भबन अधुरो मै गाउँपालिकालाई बुझाउने प्रयास गरिएको थियो। गाउँपालिका अध्यक्ष पुनले भने, ‘लामो समय छलफल गरियो। उनिहरुले हाम्रो बजेट पनि सकियो, आर्थिक बर्ष पनि सकियो भन्दै भवन बुझाउने प्रयास गर्दै थिए।’ पछि मैले यो त बुझाउने भन्दा बुझ्नेलाई लाज हुन्छ बुझ्दैन भने पछि एउटा चिठ्ठी लेखाएर गए’, उनलेव भने।
उता करिब ३२ लाखको लगानि रहेको उक्त भबन हस्तान्तरण गर्न गएका केयुबिकेका प्राबिधिक इन्जीनियर अनुप चौधरीले आफुहरु अनुगमन गर्न मात्र गएको बताए। ‘बिषयबस्तुमा बुझाई फरक भएको हो’, उनलवे भने, ‘हामि आर्थिक बर्षको अन्तीममा भबन कति बन्यो भनेर नाप्न मात्र गएका हौ।’
त्यसो त केयुबिके कार्यक्रम बुटवलका कार्यक्रम ब्यबस्थापक कौशलकुमार पौडेल भने आफ्ना कर्मचारीले कुरा नबुझेर हस्तान्तरण गर्न खोजेको भन्दै बचाउ गरे। उनले नागरिकसँग भने ‘सुब्बा र ईन्जीनियरले कुरै बुझ्नु भएनछ।’ ‘भबन यही असारमा सक्नु पर्ने हो तर सकिएन’, उनले भने, ‘पूरै निर्माण सम्पन्न नहुदै बुझाउन खोजिएको होईन।’ ठेकेदारले भनेको समयमा काम नगरेको भन्दै उनले अब भवन निर्माणका लागि अरु बजेटसमेत नरहेको बताए। ‘अब सबै बजेट प्रदेशमा गएको छ’, उनले भने, ‘त्यता अनुरोध गरेर भएपनि भवन सम्पन्न हुन्छ।’
उता गाउँपालिकाका पुनले भवनको काम सम्पन्न नहुँदै बुझाउन खोजिएको बताए। अन्य योजना पनि यस्तै कसैले बुझाएर र बुझे कारबाही हुने बताए। उक्त भवन सम्पन्न नहुँदासम्म नबुझिने उनको भनाई छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले तीन भागको एक भाग जति पनि भवन निर्माण नभएको बताए। आफ्नो मातहतको कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण गर्न सुनछहरी गाउँपालिकाको पोवाङ पुगेका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले अलपत्र भवन हेर्दै भने, ‘यस्तो भवन त हस्तान्तरण हुने कुरै हुँदैन।
प्रकाशित: २५ असार २०७५ ०७:२५ सोमबार