coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती मन्त्री डेभिड डेभिसले दिए राजीनामा

तस्विर : एजेन्सी

 लन्डन - युरोपेली संघबाट बेलायतकाे निष्काशन सम्बन्धकाे वार्तामा  जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले पदबाट राजीनामा दिएका छन्।

 बेलायती प्रधानमन्त्री टेरिजा मेको मन्त्रिपरिषद्ले युरोपेली संघसँगको भावी व्यापार सम्बन्धबारेको नयाँ प्रस्तावमा सहमति जनाएपछि मन्त्री  डेभिसले राजीनामा दिएका हुन् ।  उनले चाहेकाे भन्दा फरक रूपमा प्रधानमन्त्री मे प्रस्तुत भएपछि डेभिसले पदबाट राजीनामा दिएका हुन् ।

उनले चाहेकाे भन्दा फरक तरिकाबाट प्रधानमन्त्री मे  ब्रेक्जिट वार्ताहरूमा प्रस्तुत भएपछि उनले धेरै पटक राजीनामाकाे चेतावनी दिइसकेका थिए।

 सन् २०१६ मा  उनलार्इ युराेपेली युनियनसँग वार्ता  गर्ने  जिम्मेवारी दिएर  मन्त्रीमा नियुक्त गरिएकाे थियाे।युरोपेली संघबाट बेलायत अलग हुनुपर्ने पक्षधरहरूले डेभिसको राजीनामालाई एउटा सम्मानजनक र साहसिक निर्णय भन्दै प्रशंसा गरेका छन् ।

प्रकाशित: २५ असार २०७५ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App