८ वैशाख २०८१ शनिबार
कला

रमाइला नानी पुरस्कार वैष्णवलाई

काठमाडौं– बाल साहित्यका सुविख्यात हस्ति कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित ‘रमाइला नानी बाल पुरस्कार २०७५’ बाट साहित्यकार श्यामदास वैष्णवलाई पुरस्कृत गरिएको छ।

वैष्णवलाई डा. तीर्थबहादुर श्रेष्ठले राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । नेपाली साहित्यमा वैष्णवको अमूल्य योगदान रहेको बताउँदै डा. श्रेष्ठले भने, ‘वैष्णव नभएको भए देवकोटा देवकोटा हुने थिएनन् । त्यही भएर उनी देवकोटाको गणेश भएर रहे ।’ साथै डा. श्रेष्ठले पराजुलीले व्याकरण र बृहत् शब्दकोश निर्माणमा गरेको योगदान अतुलनीय रहेको बताए।

वैष्णवले महाकवि देवकोटासँग निकट रहेर काम गरेका थिए । देवकोटा फरर्र कविता भन्ने र वैष्णवले सार्ने गरेका कारण नै साकुन्तल महाकाव्य दसै दिनमा तयार भएको बताइन्छ ।कार्यक्रममा बोल्दै ९६ वर्षीय पुरस्कृत व्यक्तित्व वैष्णवले अब बोल्ने होइन काम गरेर देखाउने बेला आएको बताए । आयोजक संस्था कृष्ण साहित्य सदनका अध्यक्ष प्रा. गोपीकृष्ण शर्माले पराजुलीको योगदानका सात धार रहेको उल्लेख गर्दै साहित्य क्षेत्रमा वैष्णवको योगदानलाई कदर गर्दै यो वर्ष सदनले उनलाई पुरस्कार अर्पण गरेको बताए ।२०२२ सालमा प्रकाशित रमाइला नानी बाल कविताहरुको संग्रह हो ।

जसको दोस्रो भाग २०२२ मा र तेस्रो भाग २०२७ मा प्रकाशित भएको थियो । सो पुस्तक सर्वाधिक विक्री हुने बालसाहित्यको पुस्तक मध्ये एक हो । पराजुलीले झन्डै पचास वर्षअघि प्रकाशित हुने बालक पत्रिकाको सम्पादकको रुपमा पनि बाल साहित्यमा योगदान दिएका थिए । पराजुलीका फूलपात, जुनतारा, सुनकेस्रा, सुनौला तीन कुरा, चार चंगेरी, हिमाली डाँफे, सात गेडीका कथा, मेरो मुलरीलगायतका बाल साहित्यका कृति प्रकाशित छन् ।काभ्रेको भमरकोटमा विस १९९२ असार २४ गते जन्मिएका पराजुलीको निधन २०७० मा भएको थियो । बालसाहित्यबाहेक पराजुलीका व्याकरण, काव्य, लोक साहित्यकलगायतका विधामा ३० भन्दा बढी पुस्तक प्रकाशित छन् ।

गत वर्ष स्थापित २१ हजार राशिको ‘रमाइला नानी बाल साहित्य पुरस्कार’ पहिलो पटक राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिएको थियो ।वि स १९८१ मा ज्ञानेश्वर, काठमाडौंमा जन्मिएका पुरस्कृत व्यक्तित्व वैष्णवको रातको आँसु, पत्कर, अन्तरध्वनि, उपहारलयातका कविता कृतिबाहेक केही नाटक तथा गीति नाटक पनि प्रकाशित छन् ।
 

प्रकाशित: २५ असार २०७५ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App