coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कालोपत्रेमा माटोको मिसावट

राजधानीलाई हेटौंडासँग जोड्ने छोटो रुट कान्तिलोकपथ सडक निर्माणमा लार्पबाही भएको पाइएको छ । बागमति गाउँपालिकाको देवी साँध तीनपाने भञ्ज्याङ, काल्चे र छपेलीमा सडकखण्डमा ठेकेदार कम्पनीले प्रावधान विपरीत माटो मिसिएको बालुवा र गिटी प्रयोग गरको हो।

ठेकेदार कम्पनीले सडकको पर्खाल, बेसमेन्ट र ढल पाइपलगायतमा माटो मिसिएको बालुवा र गिट्टी प्रयोग गरेको छ । यो क्षेत्रको सडक दिवा हनुमान जेभी कम्पनी र विरुवा एसएल सुनकोशी प्रालिले पाएका छन् । कम्पनीले करिब २ किमी सडकमा यसरी नै माटो मिसिएको बालुवा र गिटी प्रयोग गरेको स्थानीयको भनाई छ ।

स्थानीय श्यामसुन्दर तिमल्सिनाले सडक निर्माणको क्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलेको जानकारी दिए । ‘गिट्टी र बालुवामा माटोको मात्रा भएमा त्यसलाई धोएर प्रयोग गर्नुपने हो,’ उनले भने, ‘यहाँ त खोला वा बगरबाट ल्याएको बालुवा र गिटी सिँधै प्रयोग भएको छ । तर जिम्मेवार निकायले यसबारे चासो दिएनन् ।’ उनले निर्माण कम्पनीले जगबिनै सडकको भित्तोमा वाल उठाएको बताए ।कमजोर ढंगले लगाइएको वाल र बेसमेन्ट भत्किएको छ । सडकमा बालुवा मिसिएको पाएपछि अघिल्लो साता बागमति गाउँपालिकाका अध्यक्ष वीर वहादुर लोप्चनले सडकको अवलोकन गरेका थिए । अवलोकनका क्रममा बालुवा भन्दा माटोको मात्र बढी मिसिएको पाएपछि ठेकेदारलाई चेतावनी दिएका थिए ।

‘जहाँ जहाँ गल्ती गरेको छ त्यहाँ त्यहाँ हामीले चिन्ह् लगाएर छाडेका छौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले कमजोर पाराले गरेको काम फेरि नदो¥याउन चेतावनी दिएका छौं ।’ उनका अनुसार बागमति गाउँपालिकाभित्र पर्ने कान्तिलोकपथ सडकको हिस्सा फराकिलो पार्ने काम भइरहेको छ । ठेकेदार कम्पनीले लार्पबाही गर्न थालेको भेटिएपछि गाउँपालिकाले कालोपत्रे हुन लागेको ठाउँमा गाउँपालिकाको प्रतिनिधि पनि खटाएको छ ।‘हामी सानो छँदा यहाँ सडक बनाउन थालिएको थियो, अझै कति बर्ष लाग्ने हो थाहा छैन,’ टिकाभैरवमा लक्ष्मण रानाले भने, ‘सडक निर्माण समयमै नसकिँदा निकै सास्ति भएको छ।’

सुनकोशी प्रालिका अध्यक्ष भरिगथ तिमल्सिनाले नयाँ कामदार झुक्किएर नधोएको बालुवा प्रयोग गरेको स्वीकारे । ‘हामीले धोएर, टेष्ट गरेरमात्रै बालुवा र गिटी प्रयोग गरेका छौं, गल्ती भएको ठाउँमा फेरि शुद्ध बालुवा र गिटी प्रयोग गरि बनाइसकेका छौं,’ उनले भने । उनका अनुसार सुनकोशी प्रालिले छपेली–काल्चे साढे ५ किमी सडकको जिम्मा पाएको छ । कम्पनीले २०७५ असार मसान्तसम्म सक्ने गरी २०७३ चैत्र ३ गते निर्माण सम्झौता गरेका थिए । तर, हालसम्म सडकको बेसमेन्ट बनाउने काम सकिएको छ । आउँदो माघ सम्ममा कालोपत्रेसहित निर्माणको काम सकिने अध्यक्ष तिमल्सिनाले दाबी गरे।

कान्तिलोकपथ सडक विस्तार आयोजनाका इन्जिनियर नरेन्द्र भट्टले माटो मिसिएको थाहा पाएपछि ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको बताए । ‘गाउँपालिकाका अध्यक्षज्यूले हामीलाई खबर गर्नुभयो, हामी तुरुन्तै त्यहाँ पुग्यौं,’ उनले भने, ‘स्थलगत अनुगमन गर्दा कालोपत्रेमा माटोको मिसावट देखियोे।’

यो सडक निर्माण कार्य सुरु भएको ६ दशक बित्यो । सडक चौडा भएको ठाउँमा अहिले कालोपत्रे पनि भइरहेको छ । मकवानपुरतर्फको चुच्चेखोलादेखि जीतपुर भन्ज्याङसम्म कालोपत्रे गर्ने र ढल गर्ने कार्य पनि अहिले भइरहेको छ । आयोजनाका अनुसार चालू आवमा हालसम्म २२ किलोमिटर सडक कालोपत्रे भएको छ । ४३ किमी सडकमा ग्राभेल ओछ्याइँदै छ भने ६५ किमी सडक सम्याउने कार्य भइरहेको छ ।

जम्मा योजनामध्ये ६० प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर भट्टले जानकारी दिए । उनका अनुसार हालसम्म सडक निर्माणका ३५ करोड ५८ लाख खर्च भएको छ । ‘१२ वटा निर्माण कम्पनीमध्ये सबैजसोको म्याद असार मसान्तमा सकिन्छ,’ उनले भने, ‘अब म्याद थपेपछि काम दु्रत गतिमा हुन्छ।’

म्याद सकिदा ६० प्रतिशत काम
कान्ति लोकपथ द्रुतमार्ग निर्माण कार्य सुस्त गतिमा छ । सम्झौता अनुसार योजनाको म्याद २०७५ असार मसान्तमा सकिँदैछ । ठेकेदार कम्पनी र आयोजनाले सडक विस्तार कायलार्ई तीव्रता नदिँदा निर्धारित समयमै योजना नसकिएको हो ।

‘हामी सानो छँदा यहाँ सडक बनाउन थालिएको थियो, अझै कति बर्ष लाग्ने हो थाहा छैन,’ टिकाभैरवमा लक्ष्मण रानाले भने, ‘सडक निर्माण समयमै नसकिँदा निकै सास्ति भएको छ ।’बर्खामा पहिरो खस्ने हुँदा अन्य समयमा भन्दा सुस्त काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । काम सुस्त गतिमा भएसँगै समयमै योजना सकिने सम्भावना पनि टरेको छ ।

उपत्यकालाई सोझै तराईसँग जोड्ने लक्ष्यसहित राजा महेन्द्रले २०१३ सालमा उक्त सडक शिलान्यास गरेका थिए । २०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले पछिल्लोपटक आर्थिक वर्ष २०६५÷६६ देखि प्राथमिकतामा राखेको थियो । योजनाका लागि तीन अर्ब ३१ करोड ७० लाख खर्च हुने अनुमान गरिएकोमा ८ वर्षमा लागत अनुमानको ३५ करोड ६८ लाख रकम मात्र खर्च भएको छ । २०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले पछिल्लोपटक आर्थिक वर्ष २०६५÷६६ देखि प्राथमिकतामा राखेको थियो।

दक्षिण कोरियाको हुन्डाई इन्जिनियरिङ कम्पनीले असोज २०६० मै यो योजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) सरकारलाई बुझाएको थियो । उक्त योजना निर्माणका लागि सरकारले ०६५÷६६ देखि ०७० सम्म हरेक वर्ष पाँच करोडका दरले बजेट विनियोजन गर्दै आएको थियो । पछिल्लो पटक ०७१÷७२ मा १९ करोड, ०७२÷७३ मा ४० करोड ९२ लाख ३० हजार र चालू आवमा ६० करोड रकम विनियोजन भएको छ । ०६५ देखि अघिल्लो वर्षसम्म सरकारले छुट्टयाएको ८९ करोड ९२ लाख ३० हजार छ।

हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथको लम्बाइ ९२ किलोमिटर छ । दुई वर्षमा सडक चौडा गर्ने, ढल निर्माण, पर्खाल लगाउनेदेखि कालोपत्रसम्मको काम सक्ने सम्भावना नभएको आयोजनाका अधिकारी नै स्विकार्छन् । ‘सडक चौडा पार्ने काम निकै कठिन भएकोले पनि तोकिएको समयमा योजना नसकिने भएको हो,’ इन्जिनियर भट्टले भने, ‘अब दु्रत गतिमा काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छौं ।’सातदोबाटोदेखि टीकाभैरवसम्म ११ किमि सडक निर्माणको जिम्मा जिल्ला सडक डिभिजन कार्यालयले लिएको छ । टीकाभैरदेखि हेटौंडासम्म ७९ किमि सडक निर्माणको जिम्मा कान्तिराजपथ आयोजनाले लिएको छ ।

विस्तार कार्य ढिलो हुनुको मुख्य कारण  पहाडको चट्टान फुटाउनुपर्ने र जनशक्तिको अभाव हो । १५ मिटर चौडाइको कान्ति राजपथ मकवानपुरको हेटौंडा बजारबाट चौघडा, मकवानपुरगढी, वागमती हुँदै ललितपुरको बगुवा, तीनपाने, टीकाभैरव, चापागाउँ, सातदोबाटोसम्म आइपुग्छ।

प्रकाशित: २५ असार २०७५ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App