coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कानुन लत्याएर ढिलो बजेट

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ ले असार १० गतेभित्र स्थानीय तहले बजेट पेस गरिसक्नुपर्ने गरेको व्यवस्था छ।

तर, उपत्यकाको मुख्य हिस्सा ओगटेको ललितपुर महानगरपालिकाले भने ऐन लत्याएर निकै ढिलो बजेट ल्याउँदै छ । महानगरले कानुनमा तोकिएको समय भन्दा १४ दिन ढिलो गरेर सोमबार नगरसभाबाट बजेट ल्याउने तयारी गरेको हो।

महानगरका मेयर चिरिबाुब मेयर महर्जनले महानगरभित्रका विपक्षी राजनीतिक पार्टीको अवरोधका कारण समयमै बजेट ल्याउन नसकेको जानकारी दिए । उनले भने, ‘हामीले १० गते नै बजेट ल्याउने तयारी गरेका थियौं तर चौतर्फी रुपमा विरोध भयो, कतिपयले अवरोध गरे, त्यसैले ढिलो भएको हो, यसलाई हामीले प्राविधिक कठिनाई ठान्नुपर्छ।’

कालोपत्रे र सरसफाईमा केन्द्रित बजेट
उपत्यकाका अधिकांश स्थानीय तहले पूर्वाधार विकासमा बढी बजेट विनियोजन गरिरहँदा ललितपुर महानगरपालिकाले भने नगरस्तरीय सडक कालोपत्रे र सरसफाईलाई केन्द्रमा राखेको छ ।

सोमबार हुने दोश्रो नगरसभाबाट ललितपुर महानगरपालिकाले ३ बर्ष २२ करोड बराबरको बजेट ल्याउँदै छ । उक्त बजेटमा बजेटमा नगरस्तरीय साना योजनालाई केन्द्रमा राखिएको हो । नगरभित्रका साना तथा भित्री सडकको कालोपत्रेका लागि ५० करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ । जनसंख्याको चाप र बढ्दो प्रदुषणलाई मध्यनजर गर्दै ३५ करोड बजेट विनियोजन गर्न लागेको छ ।

महानगरमा मेयर चिरिबाबु महर्जनले नगरको विकासको लागि सबैभन्दा पहिलो खुड्कीलो सरसफाइ र कालोपत्रे सडक भएकाले आफूहरु यसमै केन्द्रित भएको बताए । ‘हामीले यो बर्ष गत बर्षहरुमा भन्दा अलिक फरक ढंगबाट बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘सरसफाई र नगरको विकासको लागि विदेशी दातृ निकायको सहयोग मिलेकोले पनि हामीले बजेट त्यसमै केन्दित गरेका हौं ।’ उनका अनुसार गत बर्ष महनगरले ३ अर्ब २२ करोड बजेट ल्याएको थियो । यो बर्ष आन्दानी र योजना बढेकोले पनि महानरले बढी बजेट ल्याउन लागेको हो । त्यस्तैं बजेटले वडाहरुलाई पनि मुख्य स्थानमा राखेको छ । प्रत्येक वडालाई डेढ करोड रकम छुट्याइएको छ।

करको दायरा बढ्यो
 ललितपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा कर बढाएको छ । स्थानीय तहको आम्दानी वृद्धिको लागि महानगरले करको दायरा बढाएको हो । चालू आवलाई भने महानगरले ‘कर वर्ष २०७४ कार्यक्रम’ घोषणा गरेर कर उठाउने अभियान थालेको थियो । महानगरले ठाउँ–ठाउँमा पुगेर ठूल्डठूला व्यापारीक कम्प्लेक्सलाई करको दायरामा ल्याउने अभियान चालेको थियो ।

यसले महानगरको उल्लेख्य कर वृद्धि भए पनि लक्ष्यमा भने पुगेको छैन । गत वर्ष महानगरले ४१ करोड राजःव संकलन गरेकामा चालू आवमा अहिलेसम्म ४८ करोड कर उठाइसकेको छ । असार मसान्तसम्म जम्मा ५८ करोड रुपैयाँसम्म राजस्व संकलन हुने महानगरको अनुमान छ । महानगरले चालू आवमा एक अर्ब १६ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । गत वैशाखबाट भने घरबहाल कर स्थानीय तहले नै उठाउन पाउने भएको छ । गत वर्ष महानगरले ४१ करोड राजस्व संकलन गरेकामा चालू आवमा अहिलेसम्म ४७ करोड कर उठाइसकेको छ ।

प्रकाशित: २५ असार २०७५ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App