७ वैशाख २०८१ शुक्रबार
समाज

सरकारले सुनाएपछि मात्र अनशनबारे निर्णय लिने

काठमाडौं - बिगत ४० दिनदेखि अनशनरत गंगामाया अधिकारी आइतबार पनि अनशनमै छिन्। आइतबार नै उनको छोरा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी गोर्खाका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेको त सुने पनि आइतबार रातिसम्म उनले अनशन तोडेकी थिइनन्।

२०६२ साल जेठ २४ गते छोरा कृष्ण अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेको आरोप अधिकारी परिवारको छ । यही विषयमा गंगामायाले जिल्ला अदालत चितवनमा गोर्खा फुजेलकै छविलाल पौडेललगायतका विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । छोरा कृष्णको हत्या भएपछि न्यायको खोजीमा थिए । न्यायकै खोजीमा अधिकारी दम्पत्तिले ०६९ सालदेखि वीर अस्पतालमा अनशन सुरु गरेका थिए। पति अधिकारीको चार वर्षअघि अनशनकै क्रममा वीर अस्पतालमै मृत्यु भइसकेको छ। पतिको मृत्युपछि पनि गंगामाया हत्यारालाई कारबाहीको माग गर्दै अनशनरत थिइन्।

मु्ख्य माग सम्बोधन भएको छ, तर सरकारले आफैंले सुुनाएर अघि बढ्ने प्रक्रियाबारे लिखित प्रक्रिया सुनाएपछि निर्णय लिने देखिन्छ।

आइतबार साँझ उनको स्वास्थ्य केही बिग्रिएपछि नागरिकको सिधै कुरा हुन सकेन । सोही साँझ उनलाई भेट्न वीर अस्पताल पुगेका मानवअधिकारकर्मी नेता चरण प्रसार्इंले अस्पतालले गंगामायालाई भेट्न नदिएकोले कुरा हुन नसकेको बताए।

उनले अरुबाट छलिलाल पौडेलले आत्मसर्मण गरेको विषय सुनेको भए पनि सरकारले सिधैं नसुनाएर वार्ता गरेपछि मात्र अनशनको निर्णय लिनसक्ने अवस्था रहेको छ। ‘मु्ख्य माग सम्बोधन भएको छ, तर सरकारले आफैंले सुुनाएर अघि बढ्ने प्रक्रियाबारे लिखित प्रक्रिया सुनाएपछि निर्णय लिने देखिन्छ,’ नेता प्रसाईंले भने।

आइतवार साँझपख गंगामायालाई पुनः ज्वरो आउने र टाउको दुख्ने समस्या बढेको प्रसाईंले बताए। ‘साँझपख अस्पताल पुगेपछि कुरा हुन सकेन, उनको रोग बल्झेजस्तो छ,’ उनले भने।

गंगामायाको न्यायको पक्षमा आवाज उठाउँदै आएका प्रसाईंले भने, ‘मुख्य माग सम्बोेधन भएको छ, सरकारले उहाँसँग भेटेर कुरा गरेपछि निर्णय लिनुहुन्छ होला’। छविलाल जस्तै रेडक्रनर सूचीमा परेका रुद्र आचार्यलाई पक्राउ गरी नेपाल ल्याउने र गंगामायाको मुद्दामा सरकारले कानुनी सहयोग गर्ने जस्ता काममा सहयोग पु¥याउने विषयमा छलफल हुन बाँकी रहेको प्रसाईंले बताए।

संक्रमणको जोखिममै रहेको कारण गंगामायाँलाई आइसियुमै राखेर उपचार गरिरहेको वीर अस्पतालले जनाएको छ। उनको उपचारमा संलग्न चिकित्सक प्राध्यपक मोनेन प्रसाद गोर्खालीले उनलाई संक्रमणबवाट बचाउन आइसियुमै राखेर उपचार गरिरहेको जनाएका छन्। उनका अनुुसार आइतबार दिउँसोसम्म उनको मुटुको चाल, रक्तचाप, ज्वरो सबैै सामान्य अवस्थामा छन्। राति भने उनीसँग सम्पर्क हुन सकेन।

आइसियुमा रहेकी गंगामायाले बेला–बेलामा टाउको दुख्ने गरेको बताएकी छिन्। टाउकोको अवस्थाको पनि अस्पतालका न्युरोलोजिष्ट विशेषज्ञवाट परीक्षण भइसकेको डा.गोर्खालीले बताए। लामो समयको तनावको कारण टाउको दुखेको हुन सक्ने चिकित्सकले आँकलन गरेका छन्। ‘टाउकोभित्र खास समस्या देखिन्न, मुख्य तनावले हुनुपर्छ,’ उनले भने।

प्रकाशित: २५ असार २०७५ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App