७ वैशाख २०८१ शुक्रबार
समाज

ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु

लहान – सिरहाको धनगढीमाई नगरपालिका–७ मा आइतबार साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ। 

खेत जोत्ने क्रममा स१त ३०८३ नंको ट्र्याक्टर पल्टेर किच्दा चालक धनगढीमाई नगरपालिका–७ निवासी १७ वर्षीय सञ्जय महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतकको शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको र दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यसअघि गत शुक्रबार पनि सिरहाको बरियारपट्टि गाउँपालिका–२ स्थित जानकीनगरमा खेत जोत्ने क्रममा स.१त ३१९० नंको ट्र्याक्टर पल्टिएर किच्दा चालक स्थानीय ३४ वर्षीय उदय मण्डलको घटनास्थलमै मृत्यु भएको थियो।  (रासस)

प्रकाशित: २४ असार २०७५ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App