coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या

काठमाडौं – गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ। 

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बल्खुस्थित बयोधा अस्पतालमा आइतबार आयोजना गरेको ‘सण्डे क्लब’ कार्यक्रममा प्रा डा मीरा हाडाले बढ्दो गर्भपतनलाई रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्नेमा जोड दिए। 

उनले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न परिवार नियोजनका सामग्रीले महिलाको स्वास्थ्यमा झनै ठूलो असर पर्दै गएको बताए। गर्भावस्थामा महिलामा देखापर्ने विभिन्न रोगका कारण शल्यक्रियामार्फत प्रसूति गराउने दर बढेको प्रा डा हाडाको भनाइ छ। उनका अनुसार हाल करिब ४७ प्रतिशत महिलाको शल्यक्रियामार्फत प्रसूति गराउने गरिएको छ। 

झन्डै तीन दशकदेखि स्त्री तथा प्रसूति रोगको उपचारमा समर्पित प्रा डा हाडा पहिलेपहिले महिलामा अज्ञानताका कारण स्वास्थ्य समस्या हुने गरेपनि हिजोआज शिक्षित र सचेत भएका कारण यस्ता समस्या घट्दै गएको बताउछन्।  “महिलाले गर्भाधान गर्नु अगाडिदेखि नै चिकित्सकको सल्लाह लिएमा थुप्रै समस्या कम गर्न सकिन्छ,” उनले भने। 

कार्यक्रममा क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले संस्थाले गर्दै आएको सन्डे क्लब र यसको उद्देश्यका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ पत्रकार महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो।  (रासस)

प्रकाशित: २४ असार २०७५ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App