coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कटानको जोखिममा बागमती र बकैया नदी किनारका गाउँ

रौतहट- रौतहटको दुई ठूला नदी बागमती र बकैयाका किनारमा बस्ती रहेका दर्जनौँ गाउँ कटानको खतरामा रहेका छन्। बागमती र बकैया नदीमा आएको बाढीले नदी किनार कटान गर्न थालेपछि त्यस क्षेत्रका गाउँ खतरामा परेका हुन्।

बागमती नदीले किनारतिर तीव्र कटान गर्न थालेपछि दुर्गा भगवती गाउँपालिकाको बडहर्वा र राजदेवी नगरपालिकाको बसतपुर गरी दुई गाउँ खतरामा परिसकेका छन्। कटान तीव्र भएपछि दुवै गाउँका स्थानीयबासी त्रसित बनेका छन्। कटानले बाढी गाउँमा नै पस्ने खतरा बढेकोले स्थानीयबासीमा त्रास देखिएको हो। गाउँ नजिकै नदीले कटान गरिरहेकोले स्थानीयबासीलाई राती निद्रा लाग्न नै छोडेको बसतपुरका वीरेन्द्र साहले बताए।

बकैया किनारको वौद्धिमाई नगरपालिकाको इनर्वा गाउँ नदी कटानको खतरामा परिसकेको छ। गत हप्ता बाढीले किनार काटेपछि गाउँ नै बिस्थापित हुने हो कि भन्ने चिन्तामा स्थानीय रहेका छन्।

बागमती र बकैया किनारका दुई दर्जन गाउँ कटानको खतरामा परेको देखिएको छ। बागमती किनारका गाउँहरु रमौली, हरैया, लक्ष्मीपुर, गढो, मत्सरी, सरुअठा, बडहर्वा, धर्मपुर, बखरी, पकाहा, ब्रहमपुरी कटानको खतरामा रहेको देखिएको छ। यसै गरी बकैया नदी किनारका कटहरिया, बिर्ती, बरेडवा, भसेढवा, मर्यादपुर, कर्कच, टिकुलिया, देवाही, गोनाही, इनर्वासहित दर्जनौँ गाउँ नदी कटानको खतरामा रहेका छन्। दुवै नदीले दुवै किनारमा कटान गर्न थालेपछि दर्जनौँ गाउँका हजारौँ स्थानीयबासी त्रासमा बाँचिरहेका छन्।

धेरै बर्षदेखि सुरक्षित रहदै आएको बसतपुर, चण्डिहा, गडहिया, हजमिनिया, सिर्सिया सहितका सदरमुकाम पनि जोखिममा पर्ने सक्ने सम्भावना यसपाली बढ्दै गएको राजेश ठाकुरले चिन्ता व्यक्त गरेका छन्। पहिलो बाढीमै पश्चिमी बाँधमा टाँसिएको वागमती नदी कटान गर्न सुरु गर्दा बाँध छेउमा बसोबास गरिरहेका जनताहरु सम्भावित जोखिमलाई मध्य नजर राख्दै सुरक्षित स्थानतर्फ जाने सोच बनाइसकेको समेत स्थानीय ठाकुरले बताए।

बसतपुर गाउँलाई सुरक्षित पार्न बनाइएको स्पर नम्वर ६ र ७ को बीचमा तिव्र रुपमा जारी रहेको कटानलाई रोक्न आकस्मिक कामको खाँचो रहेको भएपनि अहिलेसम्म सम्बन्धित निकायबाट ठोस पहल नहुँदा स्थानीय चिन्तित छन्। उक्त स्थानमा खोला एकदमै पूर्वबाट पश्चिम तर्फ फर्किएको र खोलामा बाढी आएपछि बाँधलाई ठूलो क्षति पुर्याउन थालेकोले सिंगो गाउँ नै त्रसित बनेको स्थानीय उमाकान्त झा बताउँछन्। समयमै खोलालाई दक्षिण तर्फ फर्काउन ठोस उपाय गर्नुपर्ने र जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयको ध्यान तत्काल नै जानुपर्ने झाको भनाइ रहेको छ। वर्षायाममा रौतहट जिल्लाको अभिसापको रुपमा रहेको वागमती र लाल बकैया नदीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नु पहल गर्नुपर्ने दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुण कुमार साहको भनाई छ। समस्या आएर मात्र काम गर्नेतर्फ सरकारको ध्यान जाने गरेकोमा समस्याको स्थायी समाधान खोज्न सरकारलाई पालिका प्रमुख साहले आग्रह गरे।

प्रकाशित: २४ असार २०७५ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App