coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१६ बुँदे सहमतिपछि अनसन तोडियो

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनसँग १६ बुँदे सहमतिपछि ३ जना विद्यार्थीहरूले पाँच दिनदेखिको आमरण अनसन तोडेका छन्। 

आमरण अनसनपछि स्वास्थ्य अवस्था गम्भीर भएपछि रोशन बस्नेत, मिलन विसी  र रतनकुमार शर्मालाई अस्पताल भर्ना गरिएको थियो। अनसनरत विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले अस्पतालको बेडमै पुगेर जुस खुवाएको थियो। 

विद्यालय प्रशासन र विद्यार्थीबीच झण्डै १० घण्टाको वार्तापछि १६ बुँदे सहमति भएको हो। विद्यालय प्रशासनका तर्फबाट वार्ता टोलीका सदस्य गणेश कार्कीले इन्जिनियरिङ संकाय अन्तर्गतको विई हाइड्रोपावरको पूर्ण पाठ्यक्रम तयार गरी चालू शैक्षिक सत्रको चौथो सेमेस्टरको सत्रान्तसम्म वितरण गर्ने, संकायमा उपलब्ध साधनहरूको पूर्ण रुपमा प्रयोग गरी प्रयोगात्मक ल्याबहरूको तीन महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ।

यस्तै केन्द्रिय विश्व विद्यालयमा रहेको केन्द्रित पुस्तकालयमा इन्जिनियरिङ संकायका पाठ्यपुस्तकको व्यवस्था गर्ने, संकायमा अध्ययनरत विद्यार्थीहरूलाई एक पटकमा बढीमा ९ वटा पुस्तकहरू उपलब्ध गराउने, नियमित पठन–पाठन गर्ने, दलित, पिछडिएको क्षेत्र, महिला, जनजाति तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न संकायका डीनको संयोजकत्वमा क्याम्पस प्रमुख र उपकुलपतिबाट तोकेको एक व्यक्ति सदस्य रहने गरी समिति गठन गर्ने, शैक्षिक प्रयोजनका लागि छुट्टै भवनको व्यवस्था गर्नेलगायतका सहमति भएका छन्।

बार्ता टोलीबीच इन्जिनियरिङ संकाय अन्तर्गतका कार्यक्रमहरूलाई मुसुम प्रणालीमा संचालन गर्न संकायका डीन गोविन्दप्रसाद लामिछानेको संयोजकत्वमा सम्भाव्यता अध्ययन कार्यदल गठन गर्ने, इन्जिनियरिङ संकाय शैक्षिक, प्राज्ञिक, आर्थिक, प्रशासनिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका दृष्टिले आत्मनिर्भर बन्दै गएमा क्रमशः विकेन्द्रीकरणमा लैजाने, संकायका थप ४८ जना विद्यार्थीहरूका लागि आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेलगायतका सहमति भएका छन्।

प्रकाशित: २४ असार २०७५ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App