७ वैशाख २०८१ शुक्रबार
खेल

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

रूस – ब्राजिलियन फुटबल टोलीका स्ट्राइकर नेइमार राम्रो खेलका कारण नभई यतिबेला गलत नियतका कारण विश्वभरीनै चर्चामा छन्। 

२१ औं संस्करणको रूस विश्वकपमा निरन्तर फाउलको शिकार भएका नेइमार फाउलपछिको अभिनयका कारण सर्वत्र आलोचित भएका हुन्। अघिल्लो वर्ष स्पेनीस क्लब बार्सिलोनाबाट किर्तिमानी १९ करोड ८० लाख पाउण्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार रसिया विश्वकपका सर्वाधिक महंगा खेलाडी हुन्। 

प्रि क्वाटरफाइनलमा मेक्सिकोका मिग्वेल लायनले खुट्टा टेके लगत्तै नेइमार नाटकीय शैलीमा मैदानमा लडेका थिए। मेक्सिकोसँगको खेलमा लड्दा उनले शरिरलाई ५ पटक मैदानमा घुमाउँदै पछारिएका थिए।

त्यस्तै स्विट्जरल्याण्डसँगको खेलमा पनि मैदानमा लडेका नेइमारले विश्वकपमा कुल १४ मिनेट लडेर र फाउल अपिल गरेर बिताएका थिए। २६ वर्षीय नेइमार जुनसुकै खेलमा पनि धेरै लड्ने खेलाडीमा पर्छन्।

नेइमारको टोली ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदै घर फर्किसकेको छ। नेइमारले रूस विश्वकपमा मेक्सिको र कोष्टारिका विरुद्ध मात्र एक–एक गोल गरेका थिए। 

 

प्रकाशित: २४ असार २०७५ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App