coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई हिजो क्यानडा उड्न लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइयाे । गार्डरुममा एक घन्टा राखेर एक कप चिया खुवाएर घर पठाइयाे । कोइरालाको उडान समय टलेपछि बालुवाटारबाट उनलाई घर पठाइयाे। एअरपोर्टबाट उनको ब्यागेज सहयोगीलाई दिएर कोइरालाकै घर पठाइयाे।

एउटा प्राज्ञिक व्यक्तित्वमाथि राज्यले गरेको यो व्यवहारले अनेक तरङ्ग ल्याएको छ। कोइरालाले नेतृत्व गरेको नेपाल स‌स्कृत विश्वविद्यालयका कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ। कुलपतिले भेट्न चाहेको भनेर एअरपोर्टबाट बालुवाटार पुर्याइएपनि भेटघाट भएन।

नागरिकन्यूजसँगको भिडियो अन्तर्वार्तामा कोइरालाले भने, 'मलाई रोक्नु ठूलो कुरा होइन, तर यसले वर्तमान सरकार संस्कृत शिक्षा र प्राज्ञिक क्षेत्रलाई कसरी हेर्छ भन्ने कुरा पुष्टि हुन्छ।’ उनी क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन शनिबार क्यानडा उड्न लागेका थिए ।

उपकुलपति कोइरालाले पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला यही प्रक्रिया अन्तर्गत चीन गएको प्रसंग उल्लेख गर्दै त्यही प्रक्रियाबाट क्यानडा जाँन खोज्दा छापामार शैलीमा पक्राउ गरिएको बताए।

प्रकाशित: २४ असार २०७५ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App