७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली जनता तर्साउँदै छन् : नेता पौडेल

बुटवल— नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले जनतालाइ तर्साएर देशलाइ एकाधिकारवा र  निरंकुशताको बाटोमा लैजान खोजेको आरोप लगाएका छन्।

 रिर्पोटर्स क्लबले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले दुई तिहाइको दम्भमा प्रम ओलीले अतिवाद र नयाँ खालको निरकुंशता ल्याउन खोजेको आरोप लगाए। नियन्त्रीत शासन व्यवस्था भित्र्याएर नेपाललाई कम्बोडिया बनाउन खोजेको भन्दै उनले प्रम ओलीलाई सच्चिन आग्रह गरे। ‘अझैपनि समय छ ओली ज्यु सच्चिनुस अन्यथा तपाइको दम्भ र निरंकुशता जारी रहीराखे सदन देखि सडकसम्म आवाज बुलन्द गर्न हामी सक्षम छौ र गर्नेछौं’ नेता पौडेलले भने।

अदालतको निर्णय कार्यान्वय गर भनेर अनशन बस्ने गंगामाया र स्वास्थ्य क्षेत्रको सुधारलागि लडेका डा गोविन्द केसीका मागलाई नजरअन्दाज गर्ने सरकारालाई घुँडा टेकाएरै छाडने चेतावनी दिए। काँग्रेसले निषेधित क्षेत्र तोडेर शान्तिपुर्ण प्रदशर्न गर्न पाउने अधिकार स्थापित गरेरै छाडने,गंगामाया र डा केशीका मागलाई पुरा गर्न जुनसुकै हालतमा सरकारलाइ बाध्य पार्ने दावी गरे।

राजनीतिक अस्तित्वकालागि खुलेर बाहिर विरोध गर्न नसकेपनि प्रम ओली संघीयताको असली विरोधी भएको उनको आरोप छ।

प्रकाशित: २४ असार २०७५ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App