८ वैशाख २०८१ शनिबार
समाज

चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने

फाइल फाेटाे/नागरिक

चितवन – नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ।

यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो।

गैँडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैँडाको रेखदेख राम्रो हुने भएकोे छ। गैँडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै यहाँ आइसकेको छ। रासस

प्रकाशित: २४ असार २०७५ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App