सकियो ‘अदालत’ छायांकन

आइतबार, २४ असार २०७५, १० : ४९ नागरिक

काठमाडौं – अदालतले अपराधीलाई दिने सजाय र पीडितले पाउने न्यायका विषयमा निर्माण गरिएको फिल्म ‘अदालत’को छायांकन सकिएको छ। फाल्गुनन्द लिङ्देन फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा दिनेश लिङ्देनको निर्देशन छ।

निर्देशक लिङ्देनले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरणलगायत विभिन्न अवैधानिक तथा अपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश फिल्मले दिने बताए। उनका अनुसार फिल्मको छायांकन उपत्यकाको विभिन्न स्थानमा गरिएको थियो।

फिल्मका प्रस्तुतकर्ता हस्त लिवाङले नेपाली समुदायको बाहुल्यता रहेको मुलुकमा फिल्मको प्रदर्शन गरिएपछि मात्र नेपालमा प्रदर्शन हुने जनाए। निर्देशक दिनेशकै कथा रहेको फिल्ममा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दीपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरेको अभिनय छ।

मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राईको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको द्वन्द्व, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक  निर्देशक र विक्रम डिसीको छायांकन छ।





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad