coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जिसिआई फिएस्टा २०१८ को तयारी पूरा

काठमाडौं – ग्लोबल कलेज इन्टरनेसनलले वार्षिक व्यवस्थापन महोत्सव ‘जिसिआई फिएस्टा २०१८’ गर्ने भएको छ। साउन ४ गतेबाट सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

कलेज प्रशासनका अनुसार महोत्सवमा विभिन्न १० कार्यक्रम समाविष्ट छन्। तिनले विद्यार्थीलाई व्यवसाय, व्यवस्थापन र लगानीका विभिन्न विधामा आफ्नो क्षमता पहिचान गर्न मद्दत गर्ने कलेजले जनाएको छ।  

जिसिआई फिएस्टा अन्तर्गतका गतिविधिमा बिजनेस स्टिम्युलेसन कार्यक्रम, बिजनेस टक, केस एनलाइसिस कम्पिटिसन, आइडिया पिचिङ कम्पिटिसन, बिजनेस क्विज कम्पिटिसन, फोटाग्राफी कम्पिटिसन, भिजुअल एड कम्पिटिसन, फुटसल कम्पिटिसन, आइटी कम्पिटिसन र रक्तदान कार्यक्रम हुने कलेजको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ असार २०७५ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App