coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ओम बैंक र ओम हस्पिटलबिच सम्झौता

काठमाडौं –  एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा, सुविधामा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ।  

सम्झौतामा एनएमबिका चिफ बिजनेस अफिसर सुदेश उपाध्याय  र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ। उक्त अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट बिभिन्न खाले क्यान्सर रोगको उपचार हुने गरेको छ।

सम्झौता अनुसार एनएमबि भिसा डेबिट तथा एनएमबि क्रेडिट कार्ड प्रयोग गरी अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिङ प्याकेज, रेडियोलोजी, ल्याबोरेटरी बेड चार्ज भुक्तानी गर्दा १० प्रतिशत र रेडिएसन थेरापी र ब्रान्चेथेरापीमा सात प्रतिशतसम्म छुट हुने बैंकले जनाएको छ। बैंकले आफ्ना ग्राहकलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता सम्झौताहरु गर्ने गरेको जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ असार २०७५ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App