coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दोस्रो नागरिकता त्यागे खेल्न दिनुपर्ने सुझाव

जुरिच – स्विस फुटबल संघका महासचिव एलेक्स माइस्चेरले दोहोरो नागरिकता लिएकाहरूले यदि दोस्रो नागरिकता त्यागे भने देशका लागि खेल्न अनुमति दिनुपर्ने सुझाव दिएका छन्।

स्विट्जरल्यान्डको एक सञ्चारमाध्यममा संघका महासचिव माइस्चेरले दोस्रो नागरिकता त्यागे देशका लागि खेल्नु अनुमति दिनुपर्ने सुझाव दिएका हुन्।

बेलाबखत उठान गर्ने महासचिव माइस्चेरका टिप्पणीहरूले स्विस फुटबलमा ठूला बहस हुँदै आएका छन् । मायस्चेरले त्यस्ता खेलाडीले स्विट्जरल्यान्डको युवा विकासमा महत्व राख्ने भन्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

स्विट्जरल्यान्डका पछिल्लो पुस्ताका खेलाडी पुरानो युगोस्लाभिया र अफ्रिकन देशबाट बसाइँ सररे यहाँ आएका छन् । रूसमा जारी विश्वकपमा सहभागिता जनाएर नकआउट चरणको पहिलो खेलमा स्विडेनसँग पराजित हुँदै बाहिरिएको स्विट्जरल्यान्डको टोलीमा केही बाहिरी मूलका खेलाडी समावेश छन्।

तर विश्वकपमा सर्बियाविरुद्धको खेलमा स्विट्जरल्यान्डका खेलाडीद्वय ग्रानिट जाका र जर्दान साकिरी गोल गरेपछि खुसीयाली मनाउने क्रममा खेलभावनाविपरीत खुसीयाली मनाएको भन्दै कारबाहीमा परेका थिए । महासचिव माइस्चेरले यस्तो गतिविधि भने चिन्ताको विषय भएको बताए।

जाका र साकिरीका पुर्खा कोसोभो क्षेत्रका हुन् । सर्बिया विरुद्धको खेलमा स्विट्जरल्यान्डले  २–१ गोलले जित हात पार्दा जाका र साकिरीले सर्विया र अलबानियाबीचको द्वन्द्व झल्किने गतिविधि देखाएका थिए।  

 

प्रकाशित: २३ असार २०७५ २२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App