७ वैशाख २०८१ शुक्रबार
समाज

च्याउ खाँदा एकै परिवारका चारजना सिकिस्त

दमौली – देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन्। 

सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा सन्दिप र नौ वर्षीय छोरा रितभर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घर नजिकैको बारीमा परालमा उम्रेका ठूल्ठूला च्याउ ल्याएर तरकारी खाँदा उनीहरु सिकिस्त भएका हुन्। ती सबैको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  (रासस)

प्रकाशित: २३ असार २०७५ १७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App