८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी भित्रै चुनौती छ : देउवा

फाइल तस्विर। नागरिक

रामेछाप - नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्रका केही आन्तरिक समस्याहरु नै पार्टीका लागि चुनौति बनेको बताएका छन। पार्टीभित्रको अन्तर्घातको रोगले गर्दा आज कांग्रेस यो अवस्थामा आइपुगेको बताउदै उनले पार्टी भित्रका गुट उपगुट अन्त्य गर्न सकिने र आफु सोही अभियानमा लागि परेको बताए।

शेरबहादुर तमाङ–जमुना तमाङ प्रतिष्ठानले रामेछाप सदरमुकाम मन्थलीमा शनिबार आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि रहेका देउवाले अहिलेको बाम गठबन्धनको सरकारले असहमतिको कुरामा विरोध गर्न पाउने अधिकारलाई समेत रोक्न खोज्नुले कम्युनिष्ट अधिनायकबाद ल्याउन खोजेको आरोप .लगाए। पुरानो सरकारका निर्णयहरुलाई उल्ट्याएर जनतामा भ्रम पैदा गराउने काम वर्तमान सरकारले गरेको देउवाले बताए। निर्वाचन आयोगको अनुमतिमा आवश्यक स्थानहरुमा नियुक्तिका कार्य गरिएकाे बताउँदै देउवाले ती निर्णय उल्टाउने काम गरेर वर्तमान सरकारले गलत गरेको बताए। उनले यस्ता गतिविधिहरुका विरुद्ध कांग्रेसले सडक र सदनबाट संघर्ष गर्ने समेत बताए।

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, काग्रेस संसदिय दलका उपनेता  बिजय कुमार गच्छेदार  लगायतका नेताले  सम्बोधन गरेका थिए ।

प्रकाशित: २३ असार २०७५ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App