तीन दल सहमती

स्थानीय निकाय पुनःसंरचनाका काम नरोकिने

बुधबार, २२ भदौ २०७३, २१ : ११ रुद्र खड्का

काठमाडौं-सीमा निर्धारण आयोगले गरिरहेको स्थानीय निकाय पुनःसंरचनाको कामलाई निरन्तरता दिन प्रमुख तीन दल सहमत भएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संसोधन नभएसम्म स्थानीय निकाय पुनःसंरचनाको काम रोक्न माग गरिरहेको बेला बुधबार साँझ बसेको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्ष नेकपा एमालेका शीर्ष नेता आयोगको कामलाई निरन्तरता दिन सहमत भएका हुन्।

प्रधानमन्त्री दाहालले बोलाएको तीन दलको बैठकमा सहभागी नेताहरूका अनुसार आउँदो चैतसम्म स्थानीय निकायको जरुरी रहेकाले आयोगको कामलाई रोक्नु हुँदैन भन्नेमा सबै सहमत भएका छन्। बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काका अनुसार हरेक जिल्लाका स्थानीय विकास अधिकारीको नेतृत्वमा रहेको प्राविधिक समितिको कामलाई निरन्तरता दिनेमा सबै दलको धारणा थियो।

मधेसवादी दलका अवरोधका कारण तराईका केही जिल्लामा पुनःसंरचनाको काम रोकिएको छ। संविधान संसोधनको प्रक्रिया नथाल्दासम्म स्थानीय निकाय पुनःसंरचनाको काम जारी राखे त्यसले द्वन्द्व निम्त्याउने मधेसवादी दलले बताउँदै आएका छन् । मोर्चाका नेता केशव झाका अनुसार संविधान संसोधन गर्नुको मुख्य कारण नै सीमांकनमा हेरफेर गर्नु रहेकाले अहिले भइरहेको स्थानीय निकाय पुनःसंरचनाको कुनै अर्थ हुँदैन । त्यस्तै आयोगले प्रस्ताव गरेको स्थानीय निकायको ५ सय ६५ संख्याप्रति पनि मधेसवादी दलको असन्तुष्टि रहेको उनले बताए।





यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad