६ वैशाख २०८१ बिहीबार
राजनीति

डा. केसीलाई भेट्न कालिकोटका जनप्रतिनिधी जुम्लामा

डिबी बुढा/ देबेन्द्र बस्नेत

जुम्ला- जुम्लामा आठ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी भेट्न कालिकोटको जनप्रतिनिधीको टोली जुम्ला पुगेको छ। डा. केसीको स्वास्थ्य अवस्था बुझ्न कालिकोट तिला गुफा नगरपालिकाका जनप्रतिनिधि जुम्ला पुगेका हुन। उनीहरुले डा. केसीको स्वास्थ्य अवस्था बुझेर उनका माग प्रति एक्केवद्धता जनाउँदै अन्तिमसम्म साथ दिने बताए। पत्रकार सम्मेलन गर्दै उनीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनसनरत डा. केसीका माग पुरा गर्न सरकारले तदारुकता देखाउन र  जीवनरक्षा गर्न  माग गरेका हुन।

तिला गुफा नगरपालिका ५ का वडाध्यक्ष टिकाराम न्यौपानले चिकित्शा शिक्षाको आमुल परिवर्तनका लागि डा. केसीले सत्याग्रह गरेको भन्दै कालिकोटमा पनि डा. केसीको पक्षमा आन्दोलनका कार्यक्रम अघि बढाउने बताए। उनले बर्तमान सरकारले डा. केसीको अनशनको अपमान गर्दै माफियामुखी ऐन ल्याउन लागेको भन्दै आपत्ती जनाए। उनले भने, 'डा. केसी सर्वसाधारण नगारिक प्रति उत्तरदायी हुनुहुन्छ, सरकार माफियामुखी । अहिलेको स्वास्थ्य शिक्षा सम्भ्रान्त वर्गको पक्षमा छ, दलाल, डन र माफियाका पक्षमा छ,' उनले भने, 'डा. केसीले सर्वसाधारण नागरिकको सर्वसुलभ स्वास्थ्य शिक्षाका लागि उठाएको आवाजमा हातमाहात जोडेर अघि बढ्न सक्नु पर्छ।' 

तिला गुफा नगरपालिकाका जनप्रतिनिधी, नागरिक समाज र शिक्षकहरुले डा. केसीको माग प्रति एक्यवद्धता जनाएका हुन। नेपाल शिक्षक संघ कर्णाली प्रदेशका उपमहासचिव नविन हमालले डा. केसीको अनशन व्यक्तिगत नाफाका लागि नभै सिंगो तीन करोड नेपाली जनताको पक्षमा भएको बताए। उनले भने, 'कोहि कसैले जनताको स्वास्थ्य अवस्थामा खेलवाड गर्न मिल्दैन, डा. केसीका माग जायज छन्। मागको उचित संवोधनका लागि चौतर्फी दवाव सिर्जना गर्नको लागि अपिल गर्दछौ।

नेपाल चिकित्सक संघको टोली जुम्लामा

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था वुझ्न नेपाल चिकित्सक संघको टोली जुम्ला पुगेको छ। चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष ढुण्डिराज पौडेल र प्रकाश वुढाथोकी जुम्ला पुगेका हुन्। उनीहरुले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था वुझ्दै प्रत्येक सत्याग्रहमा झै यो पटक पनि साथ दिने प्रतिवद्धता जनाए।

बरिष्ठ उपाध्यक्ष पौडेलले डा. केसी जनताको भरोशा भएको बताउँदै जीवन समर्पण गरेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदानका लागि गरेको यो अभियानको प्रशंसा गरे। उनले भने, डा. केसीको जीवन रक्षा र उनले अघि बढाएका माग प्रति एक्केवद्धता जनाउदै तत्काल माग संवोधनका लागि सरकारसंग माग गरे।

उनले भने, 'कर्णाली जस्तो दुर्गम ठाउँमा डा. केसी अनशनमा बसेकोले आकस्मीक रुपमा सुविधा  सम्पन्न अस्पताल सम्म पुर्‍याउन कठिन हुने देखिन्छ, तर यहाँको चिकित्सक र मेडिकल टिम प्रति डा. केसी विश्वस्त हुनुहुन्छ।' दुर्गम क्षेत्रमा मेडिकल कलेज खोलेर सर्वसाधारण नागरिकका छोराछोरीले डक्टरी पढ्न पाउन, र जनताले दक्ष चिकित्सक पाउन भन्ने ध्यय डा. केसीको अनसन भएकोले  सवैले साथ दिएर सफल बनाउनको लागि अपिल गरे। 

 

प्रकाशित: २३ असार २०७५ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App