१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विनोद चौधरीलाई प्रधानमन्त्रीको घोचपेच !

काठमाडौं– ‘सरकारको समानतासहितको समृद्धिको योजनाले केही मानिसहरु तर्सिएका छन्। हामी धनी भएको के काम भयो भनिरहेका छन्। सबैले पढ्न, खान लाउन पाए भने हामीले सान कसरी देखाउने भन्ने पीर देखा परेको छ’, शुक्रबार नेपाल उद्योग परिसंघको १५ औं साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति हो यो। 

कार्यक्रममा अर्बपति उद्योगपति एवं सांसद विनोद चौधरी पनि अतिथिको आसनमा प्रधानमन्त्रीकै छेउमा बसिरहेका थिए। चौधरी आयोजक संस्थाका महत्वपूर्ण व्यक्ति हुन्। आफै आयोजक भएका चौधरीलाई प्रमुख अतिथि रहेका ओलीले सम्बोधनका क्रममा सरकारको योजना सुनाउँदै घोचपेच गरे। 

अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभई सबै नेपालीका लागि भएको भन्दै उनले उपल्लो वर्गका धनी तर्सिएको टिप्पणी गरे। प्रधानमन्त्रीले यसो भनिरहँदा मञ्चमा रहेका चौधरी ध्यान दिएर सुनिरहेका थिए। 

ओलीले धनी झन् धनी हुने र गरिब झन गरिब हुने अवस्थाको अन्त्य गरिने समेत स्पष्ट पारे।

प्रकाशित: २३ असार २०७५ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App