अब भत्किएका बाटा काठमाडौंमा देखिँदैन् : प्रम ओली

शनिबार, २३ असार २०७५, १५ : ४७ नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंलाई स्वच्छ र सफा सहर बनाउने बताएका छन्। 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौं अहिलेको अवस्थामा नरहने स्पष्ट पारे। ‘देशको राजधानी काठमाडौंलाई स्वच्छ, सफा बनाउँछौं’, उनले आफ्नो योजना सुनाए, ‘यो ठाउँ यस्तै रहँदैन्। भत्किएका बाटा काठमाडौंमा देखिँदैन्।’

उनले अहिले केही मानिसहरु खाल्डाखुल्डी भनेर कराइरहेको भन्दै कराउनेहरुले नै यो सिर्जना गरेको आरोप लगाए। ‘यस्तो अवस्था हामीले निम्त्याएको होइन। हो खाल्डा पुर्न सकिएन, अहिले कराउनेहरुले नै सिर्जना गरेका हुन्। तर हामी समाधान गर्छाैं’, ओलीले भने। सरकारले अर्काे बर्खा डुब्न नपाउने गरी सडक निर्माण गरिसक्ने उनको भनाई थियो। 

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ साझा सकल्प भएको र त्यहीअनुसार अगाडि बढिरहेको जानकारी गराए। ‘यो संकल्पका लागि सुशासन र विकास आवश्यक छ। विकास नगरी समृद्धि छैन्, सुशासन नभई विकास हुन्न्’, उनले भने, ‘सुशासन र विकासयुक्त समृद्धि हाम्रो मिसन हो।’ देशमा कम्तीमा ५ वर्ष स्थायी सरकार रहेको र यसले सुशासनको थिती बसाल्ने उनको भनाई थियो।

जिडिपी र पर क्यापिटा इन्कमको भरमा नभई समग्र विकासको हिसाबमा आफूहरुले समृद्धिको अभियान थालेको र यसमा सबैको साथ आवश्यक रहेको उनले बताए। ‘संविधान, कानून बनाएर भेदभावको अन्त्य गर्यौं। तर असमानताको अन्त्य सजिलो छैन्। यो चुनौतीपूर्ण छ’, उनले चिन्ता व्यक्त गरे, ‘दौडेर जानेलाई पुरस्कार मात्र होइन सबैभन्दा पछाडी परेकोलाई पनि समेट्ने हाम्रो योजना हो। यसरी मात्रै वास्तविक समृद्धि आउँछ।’ 







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।