८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बाढीका कारण जापानमा ११ काे मृत्यु

 टाेकियाे - जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा ११ जनाको मुत्यु भएको छ । बाढीमा परी ४५ बेपत्ता भएका त्यहाँका अधिकारीहरुलार्इ उद्धत गर्दै राेयटर्स जनाएको छ ।

आवासीय क्षेत्रमा आएको यस बाढीका कारण फसेका व्यक्तिको उद्धारको लागि हजारौ उद्धारकर्ता खटाइएको छ। उद्वारका लागि दर्जनौ हेलिकोप्टरको प्रयोग गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

 बाढी प्रभावित क्षेत्र टोकियोदेखि ६० किलोमिटर टाढा रहेको छ । बाढीको कारण १६ लाख व्यक्ति प्रभावित भएको जनााइएको छ ।

प्रकाशित: २३ असार २०७५ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App