४ वैशाख २०८१ मंगलबार
समाज

रुखले च्यापेर दुई मजदूरको मृत्यु

बाजुरा- गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए।

मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याउन लागेका छन्। घटनाको थप जानकारी लिन जिप्रकाको टोली घटनास्थल पठाइसकिएको प्रनाउ बोहराले बताए।रासस

प्रकाशित: २३ असार २०७५ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App