coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घाइते लिन मुस्ताङ गएकाे सेनाकाे हेलिकाेप्टर म्याग्दीमा आकस्मिक अवतरण

म्याग्दी – मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा  ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकाेप्टर मौसम खराबीले म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ।

शुक्रबार दिउँसो साढे १ बजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खाना खुवाउन ल्याई फर्कने क्रममा दुर्घटनामा ज्यान गुमाएका १९ जना मजदुरको शव लिन आएको नेपाली सेनाको एमआई १७ हेलिकप्टर बेनी नगरपालिका-६ मा रहेको श्री बक्स गुल्मको ब्यारेकमा अवरतरण गरिएको हो। प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढाले अवतरण भएको जानकारी प्राप्त भएको बताएका छन्।

मुस्ताङ क्षेत्रमा मौसममा आएको खराबीका कारण अवतरण गरिएको हेलिकप्टर मौसममा सुधार आए लगत्तै उडान भर्ने बताइएको छ। म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा मौषम खराबीका कारण समस्या भएको चालकदलका सदस्यको भनाई छ।

हेलिकप्टरले दुर्घटनामा ज्यान गुमाएका सबै मजदुरको शव लैजाने छ। बा २ क २२१९ नम्वरको ट्रिपर सडकदेखि करिव ५० मिटर तल खस्दा दुर्घटनामा १२ जना घाइते भएका थिए। मृतकहरु अधिकांस दाङ्ग र रोल्पाका छन्। घाइतेहरुको सदरमुकाम जोमसोङ्ग जिल्ला अस्पताल र पोखरामा उपचार भइरहेको छ। मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुस्ताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए।

प्रकाशित: २३ असार २०७५ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App