coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बग्दै गरेका बच्चाको प्रहरीले गरे उद्धार

खोलाले बगाउँदै गरेका बेला उद्धार गरिएका अनसल दुलालसँग उनलाई उद्धार गर्ने प्रहरीजवान द्वय रामविनय यादव र सुरेश थामी। तस्बिर: नागरिक

विराटनगर - मोरङको केराबारी– ७ स्थित खदम खोलाले बगाएका बालकको प्रहरीले उद्धार गरेको छ। बिहीबार बेलुका खोलाले बगाउ“दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी जवान रामविनय यादव र सुरेश थामीले उद्धार गरेका हुन्। खोला किनारमा साथीस“गै खेल्न गएका सोही स्थानका ६ वर्षीय अनसल दुलाललाई खदम खोलाले बगाएको थियो। खोलाले बगाउ“दै गरेको अबस्थामा ढुंगागिटी तस्करी रोक्न खटिएका प्रहरीले देखेका थिए । बगाउ“दै गरेको देखे पछि तत्कालै खोलामा हाम फालेका प्रहरी बालकको उद्धार गर्न सफल भएको इलाका प्रहरी कार्यालय केराबारीका सई दीपककुमार यादवले बताए।

खोलाले बगाउ“दै ल्याएको बच्चाको उद्धार गर्न सफल प्रहरी जवान यादवले खोलापारिको गाउ“बाट आएका तीनजना बच्चा खोलाको छेउमा खेल्दै गरेको देखे पनि पहिले वास्ता नगरेको तर केही बेरपछि खोलाले बगाउँदै ल्याएको देखेर हाम फालेको बताए। खोलामा बग्दै आएको वस्तु नियालेर हेर्दा मानिसजस्तो देखेपछि आफूहरु खोलामा हाम फालेको यादवले बताए । उनका अनुसार खोलामा प्रहरी हाम फालेको देखेर वरिपरिका मानिस पनि भेला भइसकेका थिए।

खोलाबाट निकाल्दा पानी खाएर बच्चाको पेट फुलेको थियो। उनलाइ प्राथमिक उपचार गरेपछि अभिभावकलाई बुझाइएको यादवले बताए। उनका अनुसार बच्चालाई खोलाले करिब ६० मिटर बगाएको थियो। उनले भने, ‘समयमै देखेर सकुशल उद्धार गर्न सफल भइयो।’

प्रकाशित: २३ असार २०७५ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App