नेसनल मेडिकल कलेज कर प्रकरण

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

शनिबार, २३ असार २०७५, ०७ : ११ रितेश त्रिपाठी

वीरगन्ज - भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमाथि बक्यौता रहेको भनिएको १० करोड ३८ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने ठाउँमा वीरगन्ज महानगरपालिका कार्यालयले ४ करोड ९४ लाख रुपैयाँमात्र लिएको छ। ‘४ करोड ९४ लाख ७८ हजार रुपैयाँ बुझाएर मैले हिसाब चुक्ता गरिसकें,’ कलेजका प्रबन्ध निर्देशक महमद बसरुद्दीन अन्सारीले भने, ‘मैले बुझाउनुपर्ने वास्तविक करभन्दा यो करिब पौने दुई करोड रुपैयाँभन्दा बढी नै हो, धेरै ठाउँबाट दबाव आएपछि मैले नगरकै विकासका लागि काम लाग्छ भनेर पैसा तिरेको हुँ।’

असार ३ मा कलेजमा प्रबन्ध निर्देशक अन्सारीले बक्यौता करबापतको ३ करोड ५९ लाख १४ हजार रुपैयाँको बैंक चेक दिँदै २०७४/०७५ सम्मको घरजग्गा कर र एकीकृत सम्पत्ति कर फरफराक गरी चुक्ता प्रमाणपत्र दिन माग गर्दै महानगरलाई पत्र लेखेका थिए। २०७१ फागुन ३ मा १ करोड २९ लाख ३२ हजार र २०७२ साउन ७ मा ६ लाख ३१ हजार रुपैयाँ गरी कलेजले बुझाएको १ करोड ३५ लाख ६३ हजार रुपैयाँ ४ करोड ९४ लाखबाट कट्टा गरी कलेज व्यवस्थापनले रकम बुझाएको हो । जननिर्वाचित प्रतिनिधि नहुँदा तत्कालीन उपमहानगरपालिकाका कर्मचारीले थोरै रकम लिएर कलेजलाई कर चुक्ता प्रमाणपत्र दिने चलखेल गरेका थिए। सोही समयमा दुईपटक गरी कलेज व्यवस्थापनले निर्धारित करभन्दा अत्यन्त थोरै रकम दाखिला गरेको थियो।

तत्कालीन वीरगन्ज उपमहानगरपालिका कार्यालयको २०७० चैत १० को अनुमानित मूल्यांकनअनुसार कलेजउपर ८ करोड ११ लाख ४५ हजार रुपैयाँ घरजग्गा कर बाँकी देखिएको थियो। करदाताको घरजग्गा मूल्यांकन तथा कर निर्धारण विवरणअनुसार वर्षको ९७ लाख २३ हजार रुपैयाँ पोहोरको बक्यौता रकममा थपेर कलेजसँग ९ करोड ८ लाख रुपैयाँ असुलउपर गर्नुपर्नेमा २०७१ सालमा तत्कालीन कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले १ करोड २९ लाख ३२ हजार रुपैयाँमात्र बुझिलिएका थिए। राजस्व शाखाको असहमति हुँदाहुँदै निर्धारित करको १३ प्रतिशत रकम तत्कालीन प्रमुख कार्यकारी अधिकृत कोइराला र त्यसबेलाका आर्थिक प्रशासन अधिकृत रामदयाल यादवले २०७१ फागुन ३ मा बुझेका थिए ।
सो प्रकरण विवादित बनेपछि आफूहरूले बक्यौता रकमको लेखाजोखा नभएको अवस्थामा अग्रिम रकम लिएको तर्क गरी उनीहरू पन्छिएका थिए । यसपालि तत्कालीन आर्थिक प्रशासन प्रमुख यादव राजस्व महाशाखा प्रमुखमा आएपछि कलेजले आफ्नो सुविधाअनुसार कर बुझाउन पाएको हो । यसमा महानगरपालिकाका प्रमुख विजय सरावगी, उपप्रमुख शान्ति कार्की र प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुषालको प्रत्यक्ष संलग्नता छ।

कर सुविधा व्यवनथपन गर्न २०७५ जेठ ५ मा नेसनल मेडिकल कलेजबाट घर जग्गा कर र एकीकृत सम्पत्ति कर पुनमुूल्यांकनका लागि महानगरपालिका कार्यालयले निवेदन लिएको थियो। त्यसपछि उपप्रमुख शान्ति कार्कीको संयोजकत्वमा प्रमुख प्रसाशकीय अधिकृत भुषाल र राजस्व माहाशाखा प्रमुख यादवसहित पुनमूल्यांकन समिति बनाइएको थियो। उक्त समितिले कलेजका तर्फबाट पेस भएका विवरणअनुसार कर निर्धारण गरेको यादवले बताए। ‘घरजग्गा कर ऐनको दफा १२ को व्यवस्थाअनुसार कलेजले पुनर्मूल्यांकनको माग गरेपछि सोही ऐनको दफा ७ (क) अनुसार पुनर्मूल्यांकन गरिएको हो,’ उनले भने, ‘कलेजले आफ्नो घरजग्गाको सम्पूर्ण विवरण स्वघोषणा गरेर दिएअनुसार पुनर्मूल्यांकन गर्दा उक्त रकम निस्किन आएको हो।’

कलेजले ३२ वटा भवनको ४ लाख १५ हजार ८२ वर्गफिट संरचना रहेको भन्दै विवरण पेस गरेको छ। त्यसअनुसार नै कर निर्धारण गरिएको छ। उपप्रमुख कार्की नेतृत्वको पुनर्मूल्यांकन समितिले पेस गरेको प्रतिवेदनमा घरजग्गा करतर्फ ३ करोड ३१ लाख २१ हजार र एकीकृत सम्पत्ति करबापत १ करोड ६३ लाख ५६ हजार रुपैयाँ कर ठहर गरिएको छ। जुन साबिक मूल्यांकनभन्दा ५ करोड ४४ लाख रुपैयाँले घटी हो।

उक्त प्रतिवेदनलाई नगरप्रमुख सरावगीले कार्यपालिका बैठकमा पेस गरेपछि सोहीअनुसार रकम लिन स्वीकृति दिइयो । सोसम्बन्धी निर्णय गर्दा नगर कार्यपालिकाले पछि कुनै निकायबाट छानबिन भई कर रकम बढी ठहर भएमा सोहीअनुसार हुने निर्णय गरेको छ। ‘विवाद टुंगिएको होइन, पछि कुनै रूपमा बक्यौता ठहर भएमा असुलउपर गर्ने बाटो छँदैछ,’ प्रमुख प्रशासकीय अधिकृत भुषालले भने।





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad