४ वैशाख २०८१ मंगलबार
समाज

बौद्ध रामायण सर्किट स्थापना गरिने

काठमाडाैं - नेपाल–भारतबीचको पर्यटन प्रवर्धनलार्इ टेवा पुर्याउने उद्देश्यका साथ वौद्ध र रामायण सर्किट स्थापना गरिने भएको छ। 
दुई देशविचको पर्यटन  प्रवर्धनलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल–भारत संयुक्त कार्यदलको शुक्रबार काठमाडौंमा सम्पन्न दोश्रो बैठकले पुरातात्विक, धार्मिक पर्यटन क्षेत्रकाे विकासकालागि दुर्इ देशबीच सकिर्ट स्थापना गर्ने निर्णय गरेकाे हाे।

यसैगरी साहसिक पर्यटनका क्षेत्रमा समेत सहयोग आदान प्रदान गर्ने सहमती दुर्इ देशका अधिकारीबीच भएकाे छ। बैठकले दुई देशका सरकारको सहयोगमा नेपाल–भारत पर्यटन मञ्चको स्थापना गरि त्यसलाई पर्यटन उद्योगका रुपमा विकास गर्ने निर्णय समेत गरेको छ। दुई देशविच रहेका पर्यटकीय क्षेत्रहरुलाई जोड्न सडक निर्माण गर्ने, यातायातको सुगमताकालागि दुई देशबिच सुविधासम्पन्न बस सेवा सञ्चालन गर्ने लगाएत अन्य भौतिक निर्माणका पक्षलाइ समेत जोड दिने निर्णय बैठकले गरेको छ। 

बैठकमा नेपाली टोलीको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले गरेका थिए भने भारतका तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुमन बिल्ला रहेका थिए। 

नेपाल र भारतबीच पारस्परिक सहयोगका आधारमा पर्यटन क्षेत्रको विकास गर्ने कुरामा भएको सहमतीले दुई देशबीचको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास बैठकले लिएको छ।

संयुक्त कार्यदलको अर्को बैठक भारतको नयाँ दिल्लीमा बस्ने  छ। 

प्रकाशित: २२ असार २०७५ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App