६ वैशाख २०८१ बिहीबार
राजनीति

डा.केसीलाई भेटेर फर्कियो कांग्रेस सांसदको टोली

कर्णाली अस्पतालको हाताभित्र पत्रकार सम्मेलनमा कांग्रेस सांसदको टोली। तस्बिर : डिबी बुढा

जुम्ला - सात दिन देखि जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेको कांग्रेस सांसदको टोली काठमाडौं फर्किएको छ। यहाँ रहँदा स्थानीय प्रशासन कार्यालयलाई उपचारमा कुनै कसुर काँकी नराख्ने गरि व्यवस्था मिलाउनको लागि निर्देशन दिदै  पाँच दिनसम्म अनशनमा बसेको कवर्डहलको निरीक्षण गरेको थियो। 

काठमाडौं फर्कनु अघि जुम्ला अस्पतालमा पत्रकार सम्मेलन गर्दै टोलीले डा. केसीको जीवन रक्षाको लागि कांग्रेस जुनसुकै संघर्षका कार्यक्रम गर्न तयार रहेको प्रतिक्रिया दिएको छ। कांग्रेस प्रतिनिधी सभा सदस्य प्रकाश स्नेही रसाईलीले डा. केसीको रोगसंग लड्न सक्ने क्षमता कमजोर हुँदै गएको भन्दै स्वास्थ्य उपचारमा ध्यान दिन चिकित्सकहरुलाई सुझाव दिए। उनले भने, 'भेटका क्रममा डा. केसी आखाँभरी आशु निकालेर म, जहिले पनि मर्न सक्छु  भन्नु भयो, यसअघिका अनशनमा बसेको भन्दा यो पटक दुई दिनमै स्वास्थ्य अवस्था विग्रदै गएको छ।'

'डा. केसीको अनशनमा नेपाली कांग्रेसको कुनै स्वार्थ मिसिएको छैन' उनले भने 'तर उनले राखेको माग जनतामैत्री भएकोले साथ दिएका हौ।' नेपाली कांग्रेसले नभै सिंगो देशले डा. केसीको मागमा एक्केवद्धता जाहेर गरेको उनको भनाई छ। उनले प्रधानमन्त्री शेरवहादुर देउवालको पालामा ल्याएको चिकित्सा शिक्षा विधेयक हुवहु पारी भएमा डा. केसीको अनशन फर्ता हुने उनको विश्वास छ।

भेटका क्रममा डा. केसीले चिकित्सा शास्त्र विधेयक जस्ताको तस्तै पारीत भएमा अनशन फिर्ता लिने बताएको उनले बताए।

उनले अनशनका क्रममा भएको प्रहरी प्रशासनको हस्तक्षेपको विरोध गरे। कांग्रेस संसदीय दलले डा. केसीको स्वास्थ्य अवस्था बुझ्न सांसद प्रकाश स्नेही रसाईली,रंगमती शाही र दिनवन्दु श्रेष्ठलाई खटाएको थियो। संसदको टोलीले डा. केसीको जीवन रक्षाका लागि लाग्न सवैलाई अपिल गरेको छ।

 

 

प्रकाशित: २२ असार २०७५ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App