७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लव माओवादीको कार्यक्रम अश्रु ग्याँस प्रहार, चार पक्राउ

 मुगु - नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको कार्यक्रममा हस्तक्षेप गरेको छ। गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूहको  सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले कार्यक्रममा एक सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ। प्रहरीको हस्तक्षेप पछि माओवादी कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ। झडप पछि प्रहरीले बिप्लव  समूहका चार जना कार्यकर्तालाई पक्राउ गरेको हो।

 जिल्ला प्रशासन कार्यालयले कुनै खाले कार्यक्रम नगर्न भन्दै बिप्लव समूहका जिल्ला स्तरका नेतालाई अनौपचारिक रुपमा जानकारी दिएको भएपनी बिप्लव  समूहका कार्यकताले सदरमुकाम गमगढीको कृष्णा चोकमा आयोजना गरेको कार्यक्रम रोक्न खोज्दा प्रहरी माथी बिप्लव समूहका कार्यकर्ताले ढुङ्गा बर्षाएपछी प्रहरीले भिड नियन्तरण गर्न एक राउन्ड अश्रु ग्यास फायर गरी लाठी चार्ज गरेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी भिम किरण बोगटीले जानकारी दिए।

बिप्लव समूहका कार्यकर्ताले हानेको ढुङ्गा लागेर नेपाल प्रहरीका असई देबिन्द्र सिंह धामी घाइते भएका छन्। ढुङ्गा लागेर सशस्त्र प्रहरीका हवल्दार सुर सिंहको छाँतिमा चोट लागेको छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले विप्लव माओवादीका मुगु जिल्ला इन्चार्ज रंगवीर परियार (संगम), जिल्ला सचिवालय सदस्य गणेश बहादुर सावत (अडिक), सचिवालय सदस्य धनमान सिंह बुढा र हुम्ला जिल्ला सक्रेटरी सर्पु रोकायालाई प्रहरीले गिरप्तार गरेको छ। प्रहरीले  स्वतन्त्ररुपमा सभा र प्रचारप्रसार गर्न पाउने अधिकारमाथि हस्तक्षेप गरी दमन गरेकाले आफ्ना नेतालाई बिना सर्त रिहाई गर्नु पर्ने विप्लव माओवादीले माग गरेको छ।

सुरक्षाकर्मीमाथी बिप्लव समूहका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

 

प्रकाशित: २२ असार २०७५ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App