८ वैशाख २०८१ शनिबार
राजनीति

निषेधात्मक आदेश स्थगन गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउनेगरी जारी भएको निषेधात्मक आदेशलाई सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरी स्थगत गरेको छ।

सर्वोच्च अदालतका न्यायायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त आदेश जारी गरेको हो। शुक्रबारको बहसपछि वरिष्ठ अधिवक्ता दिनेशप्रसाद त्रिपाठीद्धारा दायर भएको रिट निवेदनको सन्दर्भमा सर्वोच्च अदालतबाट सो आदेश जारी भएको हो।  सर्वोच्च अदालतले नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई असार २९ गते अन्तरिम आदेश निरन्तर गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाई गर्न उपस्थित हुन समेत आदेश दिएको छ।

“काठमाण्डौ जिल्लाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिबाट समय समयमा तोकिएको निषेधित क्षेत्र समेतलाई पूनरावलोकन गरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाका विभिन्न स्थानहरुमा जिल्ला सुरक्षा समितिको मिति २०७४/११/८ को सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नभए सम्मको लागि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट कुनै पनि किसिमका जुलुश, प्रदर्शन, धर्ना, घेराउ, जस्ता आन्दोलन वा बिरोधका कार्यक्रमहरू गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएकोले सूचना प्रकाशित भएको थियो।

सूचनामा शीतल निवासको पूर्व शिवपुरी स्कूल, पश्चिम सामाखुसी निस्कने नाला उत्तर शान्ति बाल अस्पताल, दक्षीण स्शस्त्र प्रहरी अस्पताल जाने मोड, प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र पवित्र वर्कशप चोकवाट बालुवाटार तर्फसभामुख निवास देखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षीण एकसय मिटर मीटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मीटर पश्चिम,राष्ट्रबैंक चोकबाट पूर्वतर्फ १०० मीटर, ईटालीया चोकबाट ५० मीटर दक्षीण संसद भवन, नया वानेश्वरको निषेधित क्षेत्र संसद भवन र परिसर दक्षिणतर्फको पेटिसंग जोडिएको सर्भिस ट्र्याकसम्मको भाग,संसद भवनको पश्चिमतर्फको थापागाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोक सम्मको सम्पूर्ण सडकखण्ड, संसदभवनको दक्षिणपूर्वी किनाराको सर्भिस ट्र्याक हुंदै नयां वानेश्वर चोकदेखि ७५ मीटर पश्चिम सम्मको सर्भिस ट्रयाकसम्म निधेषित क्षेत्र घोषणा गरिएको थियो।

सिंहदरबारको निषेधित क्षेत्रमा  भद्रकाली मन्दिरपूर्व तीनकुने आईल्याण्डको पूर्वी कुनादेखि पूर्व सिंहदरबार मुल गेटसम्म, सिंहदरवार मूलगेट अगाडीदेखि उत्तर तर्फ पद्मोदय मा. वि. को मोडसम्म, सिंहदरवार मूलगेट अगाडीदेखि दक्षिणतर्फ माईतीघर मण्डलासम्म, बबरमहल स्थित जिल्ला अदालत प्रवेश मार्ग देखि जिल्ला प्रशासन कार्यालय हुंदै हनुमान मन्दिरसम्म,माईतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुंदै हनुमानस्थान मन्दिरसम्म विरोध कार्यक्रम प्रदर्शन गर्न निषेध गरिएको थियो । उपराष्ट्रपति निवासतर्फ निषेधित क्षेत्र सामाखुशीबाट कपुरधारा चिताजाने मोड, निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट उत्तरतर्फकेशरमहल चोक,निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट दक्षीणतर्फ ज्याठा गल्ली  समेत निषेधित क्षेत्रको घोषणा गरिएको थियो।

सूचनाको वर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे गराएमा कानून बमोजिम कारवाही हुने व्यहोरा  जानकारी गराइएको थियो।

विरोध निषेधित कार्यले संविधानको धारा १६, १७९१०९२०,१८ अन्तर्गत प्रत्याभूत अभिव्यक्ति स्वतन्त्रता जस्तो मौलिक हकमा आघात एवं कुण्ठा पुग्न गएकोले संविधानको धारा ४६र१३३९२०९३०  बमोजिम सार्वजनिक सरोकारको  निवेदन त्रिपाठीले सर्वोच्च अदालतमा विहिबार दर्ता गराएका थिए।

प्रकाशित: २२ असार २०७५ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App