७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ- प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ। काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो।

संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपार्इंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराएका थिए।

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराए।

सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली काँग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। संसद्को अर्को बैठक असार २५ गते सोमबार दिनको १: ०० बजे बस्नेछ।
 

 

प्रकाशित: २२ असार २०७५ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App